काठमाडाै । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले बिपत व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासीन देखिएको बताउनु भएकाे छ ।
देशका प्राय सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भन्नुभयाे-“राजधानी काठमाडौँ उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ। जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट विच्छेद छन् । बस्तीहरू डुबानमा छन् । नागरिकहरू चरम सङ्कटमा छन् । तर राज्य कहाँ छ यति बेला ?”
नेपाली काँग्रेस सल्यान-काठमाडौँ सम्पर्क समितिले काठमाडौँमा आयोजना गरेको “शुभकामना आदानप्रदान कार्यक्रम” लाई सम्बोधन गर्ने क्रममा नेता कोइरालाले राजधानीमै हेर्दाहेर्दै र देख्दादेख्दै मान्छे बगाएको घट्नालाई समेत सरकारले बेवास्ता गरेको आरोप समेत लगाउनु भयाे। सरकार भनेको केवल कुर्सी र पद मात्रै नभएको भन्दै कोइरालाले प्रश्न गरे- “मन्त्री क्वाटरकै छेउबाट नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?”
मौसम पूर्वानुमान विभागले केही दिन देखी नै यति बेला भारी वर्षा हुन्छ भने पनि सरकारले त्यसको लागि सरकारले आवश्यक नगर्दा मानवीय क्षति भएको कोइरालाको भनाई छ । सरकारको यो चरम लापरबाही उनको जिकिर छ ।
कोइरालाले यस विपत्तिको घडीमा काँग्रेस पार्टीका हरेक तहका नेताहरूलाई उद्धारमा जुट्न समेत आग्रह गर्नुभयाे।



सम्वन्धित समाचार
नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै
विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर