शिक्षा र रोजगारका क्षेत्रमा कोरियाली सरकारको योगदान उच्च छ: मन्त्री पाण्डे 



काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले  शिक्षा र रोजगारका क्षेत्रमा कोरिया सरकारले पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्नु भएको छ।
शनिवार नेपाल र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ स्वर्ण जयन्तीको अवसरमा  कोरिया राजदूतावासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएको हो।  मन्त्री पाण्डेले भन्नू भयो,कोरिया र सरकारबीच सम्बन्ध निकै राम्रो छ। कुनै पनि कोणबाट हाम्रो सम्बन्ध नराम्रो छैन।आगामी दिनमा अझै प्रगाढ बनाउने छौँ।नेपालको विकासका निम्ति,शिक्षा,जलस्रोत कृषिका क्षेत्रमा पुर्‍याएको योगदान प्रति कृतज्ञ छौँ।
मन्त्री पाण्डेले कोरियाले ५० हजार नेपालीहरू रोजगार दिइरहेकोमा कोरियाली सरकार प्रति धन्यवाद ज्ञापन गर्नु भयो। प्रत्येक वर्ष  दुई करोड भन्दा बढी कोरियाली पर्यटकहरू विश्वमा घुम्ने गरेको र त्यसमध्ये नेपालमा आउने कोरियाली पर्यटकको सङ्ख्या  १० वटा देशमध्ये टप टेनमा परेको उल्लेख गर्नु भयो।
मन्त्री पाण्डेले कोरियाली सरकार माध्यमबाट नेपाल आएर,अध्ययन,अनुसन्धान,भ्रमण गर्नका लागि आव्हान गर्नु भयो। उहाँले सांस्कृतिक आदान प्रदानका गर्दै दुईदेशबीचको मैत्रीपूर्ण सम्बन्ध विस्तार हुनेमा विश्वास व्यक्त गर्नु भयो। नेपाली(कोरिया मैत्री सम्बन्धको अवसरमा कोरियाली दूतावासले कला परिषद्मा कोरियाको कला संस्कृति सम्बन्धी डिजिटल मार्फत प्रदर्शनी समेत गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङले कोरिया र नेपाल भौगोलिक रूपमा टाढा भए पनि भावनात्मक रूपमा नजिक भएको उल्लेख गर्नुभयो। उहाँले ‘हाल कोरियामा करिब ५० हजार हाराहारी नेपाली कामदार कार्यरत रहेको जानकारी गराउनु भएको थियो। त्यसै गरी कोरिया र नेपालबिचका समानताको विषय पनि उल्लेख गरे। यस्तै किसिमका कला सांस्कृतिक आधारित कार्यक्रमले दुई देशका जनतालाई आत्मीय बनाउन सहयोग पुग्ने  आफ्नो धारणा राख्नु भएको थियो ।
Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.