काठमाडौं । अविरल वर्षाले काठमाडौं उपत्याकाका धेरै स्थानमा जलमग्न भएको छ । बाढीले सयौँ घररपसलहरू डुब्दा स्थानीय तथा व्यापारीको बिचल्ली भएको छ ।
बागमती, विष्णुमती, मनोहरा नदीमा बाढी आउँदा आसपासका बस्ती डुबेका छन् । बाढीले च्यासल, टेकु, बल्खु, नख्खु, गोंगबु क्षेत्र डुबेका छन् ।
बागमती९मनोहरा दोभानमा बाढीले ग्यास ट्याङ्कर नै बगाएको स्थानीयले बासिन्दाले बताएका छन् । च्यासलमा नेकपा एमालेको पार्टी कार्यालय र फुटबल मैदानसहितको तटीय क्षेत्र डुबानमा परेको छ । त्यसैरी ललितपुर र काठमाडौंलाई जोड्ने युएन पार्क स्थित रहेको झुलगें पुल समेत बगाएको छ ।
ललितपुरको नख्खु९कुसुन्ती क्षेत्र पनि बाढीले प्रभावित बनेको छ ।
भक्तपुरमा राधेराधे क्षेत्र र हनुमन्ते खोला आसपासको क्षेत्र डुबानमा परेको छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप