काठमाडौं । पाँचथरको फिदिम नगरपालिका ४ चिसापानीमा पहिरोले घर पुर्दा आमा, छोरीको ज्यान गएको छ ।
मृत्यु हुनेहरूमा फिदिम १२ घर भइ हाल फिदिम ४ मा अस्थायी बसोबास गर्ने २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पा रहेको प्रहरीले जनाएको छ ।
दुवैजनालाई आज बिहान ४ बजे पहिरोले पुरेको थियो। पहिरो गएको स्थानदेखि केही टाढा डेरा बस्ने उनीहरू साथीको घरमा सुत्न आएका थिए।
पहिरोले आदिवासी जनजाति महासंघ पाँचथरको भवन पनि पुरेको छ। सोही भवन नजिकैको घर सडक माथिदेखि आएको पहिरोले पुर्दा आमा छोरीको ज्यान गएको हो।
दुवै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख डिएसपी हेमन्त भण्डारीले जनाएका छन् ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप