काठमाडौं । पाँचथरको फिदिम नगरपालिका ४ चिसापानीमा पहिरोले घर पुर्दा आमा, छोरीको ज्यान गएको छ ।
मृत्यु हुनेहरूमा फिदिम १२ घर भइ हाल फिदिम ४ मा अस्थायी बसोबास गर्ने २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पा रहेको प्रहरीले जनाएको छ ।
दुवैजनालाई आज बिहान ४ बजे पहिरोले पुरेको थियो। पहिरो गएको स्थानदेखि केही टाढा डेरा बस्ने उनीहरू साथीको घरमा सुत्न आएका थिए।
पहिरोले आदिवासी जनजाति महासंघ पाँचथरको भवन पनि पुरेको छ। सोही भवन नजिकैको घर सडक माथिदेखि आएको पहिरोले पुर्दा आमा छोरीको ज्यान गएको हो।
दुवै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख डिएसपी हेमन्त भण्डारीले जनाएका छन् ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै