काठमाडौं । काभ्रेमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । काभ्रेको तेमाल गाउँपालिका–७ का भिम बहादुर तामाङको घर पहिरोले पुरिँदा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काभ्रेपलाञ्चोकका पनौती नगरपालिका-११ थुम्कीमा पहिरोले घर लग्दा पाँचजना सम्पर्कविहीन भएका छन्। स्थानीय अर्जुन भण्डारीको घर पुरिँदा उनी र श्रीमतीसहित पाँचजना बेपत्ता भएका हुन्।
निरन्तर ठूलो वर्षा भइरहेको र ठाउँठाउँमा पहिरो गएका कारण प्रहरी तथा उद्धारकर्मीलाई त्यहाँ पुग्न कठिनाइ भएको छ।
पनौती- ११ कै ख्याकु भन्ने स्थानमा पनि पहिरोले घर भत्किँदा पशुचौपाया मरेको जनाएको छ। गर्द खोला र साङ खोला पनि पहिरोका कारण थुनिएको प्रहरीले जनाएको छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप