काठमाडौं । काभ्रेमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । काभ्रेको तेमाल गाउँपालिका–७ का भिम बहादुर तामाङको घर पहिरोले पुरिँदा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काभ्रेपलाञ्चोकका पनौती नगरपालिका-११ थुम्कीमा पहिरोले घर लग्दा पाँचजना सम्पर्कविहीन भएका छन्। स्थानीय अर्जुन भण्डारीको घर पुरिँदा उनी र श्रीमतीसहित पाँचजना बेपत्ता भएका हुन्।
निरन्तर ठूलो वर्षा भइरहेको र ठाउँठाउँमा पहिरो गएका कारण प्रहरी तथा उद्धारकर्मीलाई त्यहाँ पुग्न कठिनाइ भएको छ।
पनौती- ११ कै ख्याकु भन्ने स्थानमा पनि पहिरोले घर भत्किँदा पशुचौपाया मरेको जनाएको छ। गर्द खोला र साङ खोला पनि पहिरोका कारण थुनिएको प्रहरीले जनाएको छ ।



सम्वन्धित समाचार
नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै
विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर