काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । आयोगले बिहीबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार मंसिर २ गते उम्मेदवारी दर्ताको मिति तय गरिएको छ ।
१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ ।
३ मंसिरमा उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ भने ४ गते बेलुकासम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ । त्यस्तै ५ मंसिरको दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् ।
त्यसपछि त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र निर्वाचन चिह्न पनि त्यसै दिन दिइनेछ ।
मतदान सुरु हुनुभन्द ४८ घण्टाअघि अर्थात मंसिर १३ गते राति १२ बजेदेखि प्रचारप्रसाद निषेध अवधि लागू हुने आयोगले जनाएको छ । १६ गते बिहान ७ देखि ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।




सम्वन्धित समाचार
एनपीएलमा आज दुई खेल हुँदै, सुदूरपश्चिम र लुम्बिनी तथा जनकपुर र पोखरा खेल्दै
एनपिएलः विराटनगर र चितवन राइनोजबीच खेल हुने
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला हुँदै
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी