काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहमा एक वर्षको बीचमा दुई वर्षको परीक्षामा सामेल गराएको तर ट्रान्सकृप्ट नदिएको भन्दै केही विद्यार्थीहरुले रजिष्ट्रार कार्यालय परिसरमा धर्ना दिएका छन् ।
त्रिचन्द्र र इटहरी मल्टिपल क्याम्पसका विज्ञान संकायको स्नातक तहका विद्यार्थीहरु धर्नामा बसेका छन् ।
धर्नामा बसेका प्रविण दाहालले आजसम्म इयर ग्याप र इयर ओभरल्यापिङ (एकै वर्षमा दुई वर्षको परीक्षा) का कारण ट्रान्स्कृप्ट नपाएका सम्पूर्ण विद्यार्थीहरुको ३ दिनभित्र ट्रान्स्कृप्ट उपलब्ध गराउनुपर्ने आफूहरुको मुख्य माग भएको बताए ।
‘०७५ सालको पहिलो वर्षको परीक्षा दिएका विद्यार्थी ०७६ सालमा दोस्रो वर्षमा भर्ना भए, तर परीक्षा फर्म भरेनन्,’ दाहालले भने, ‘०७७ सालमा भने दोस्रो वर्षको आंशिकको रुपमा र तेस्रो वर्षको नियमितको रुपमा परीक्षामा सहभागी गराइयो । ०७८ सालमा चौथो वर्ष परीक्षा पास भइसके । तर त्रिविका पदाधिकारीले ओभरल्यापिङ भएकालाई ट्रान्सकृप्ट दिने नियम छैन भन्छन् ।’
‘नियम छैन भने परीक्षामा सहभागी किन गराइयो ?’ दाहाल प्रश्न गर्दै भन्छन्, ‘त्यसैले ट्रान्स्कृप्ट नपाएका सबै विद्यार्थीहरुलाई ३ दिनभित्र ट्रान्स्कृप्ट उपलध गराउनुपर्छ भनेर हामीले माग राखेका छौं ।’
धर्नामा बसेका विद्यार्थीहरुलाई अखिल क्रान्तिकारी क्याम्पस जिल्ला अध्यक्ष प्रदिप भण्डारीले ऐक्यबद्धता जनाएका छन् ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?