अर्घाखाँचीमा माओवादीका पूर्वकेन्द्रीय सदस्यसहित २ सय जना एमाले प्रवेश



रुपन्देही । अर्घाखाँचीमा नेकपा माओवादी केन्द्रका दुई गाउँपालिका अध्यक्षसहित विभिन्न जिम्मेवारीमा रहेका र अन्य पार्टीबाट समेत गरी दुई सय जना एमालेमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिवालय सदस्य मालारानी गाउँपालिका अध्यक्ष पदम क्षेत्री, प्रदेश सदस्य तथा भूमिकास्थान नगरपालिकाका अध्यक्ष नरेन्द्रमान मुखिया, जिल्ला सचिवालय सदस्य देवबहादुर विक, राष्ट्रिय जनमोर्चा युवक संघका पूर्व केन्द्रीय उपाध्यक्ष जिल्ला सचिवालय सदस्य कविराम खनाल, देउराली यातायात समितका अध्यक्ष गोविन्द्र बजान्डेसहित १ सय ७३ जना माओवादी, राजमो र कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेको र उनीहरुलाई एमाले केन्द्रीय सदस्य तथा लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका छन् ।

आचार्यले अर्घाखाँचीलाई एमालेको बलियो राजनीतिक शक्ति बनाउने अभियानमा साथ दिएका सबैजनालाई पार्टीले उचित जिम्मेवारी दिने बताए ।

अर्घाखाँचीमा माओवादीमा लामो समय राजनीति गरेका नेता टोपबहादुर रायमाझी एमालेमै रहेपछि माओवादीका धेरै नेता कार्यकर्ताहरुले एमालेलाई साथ दिएका थिए ।

एमाले सचिव रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुपक्र्षका लागि जेलमा रहेका छन् । यहाँबाट उनी लगाचार चारपटक संघीय सांसद निर्वाचित भएका हुन् । अहिले उनी निलम्बनमा छन् ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.