काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपचुनावका लागि दल दर्ता आह्वान गरेको छ ।
आयोगले बुधबार सूचना निकालेर भोलिदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो ।
निर्वाचन आयोगले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४ अनुसार दल दर्ता आह्वान गरेको जनाएको छ । निर्वाचन आयोगको कार्यालय कान्तिपथ काठमाण्डौमा दल दर्ताका लागि निवेदन दिन सकिनेछ ।
दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली-२०७४ को अनुसूची १२ अनुसारको ढाँचाको निवेदन दिनुपर्ने आयोगले जनाएको छ । स्थानीय तहको उपचुनाव आउँदो मङ्सिर १६ मा हुँदैछ ।




सम्वन्धित समाचार
नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै
विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर