पाल्पा । सिकाइ प्रवर्द्धन परियोजनाकाे आयाेजना र रम्भा गाउँपालिकाकाे समन्वयमा सात दिने ICT तालिम सुरु भएकाे छ ।
शिक्षण सिकाइ अभिवृद्धिका लागि ICT तालिम भन्ने मूल प्रवाहका साथ तालिम संचालन गरिएको हाे । रीड नेपालका तालिम अधिकृत कृष्ण कुवरकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रममा कार्यक्रमकाे प्रमुख अतिथि रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भणडारी रहनु भएकाे थियाे ।
गाउँपालिकाले शिक्षामा सिकाउ, विकाउ र टीकाउ अभियानकाे थालनी गरेकाे अध्यक्ष भण्डारीले बताए । अहिलेकाे शिक्षा प्रविधि मैत्री शिक्षा भएकाले प्रविधि मैत्री शिक्षालाई जाेड्दार लागू गर्नुका साथै गाउँपालिकामा आइिसटी स्रोत शिक्षक पनि राख्ने बताउनु भयाे । तालिममा सिकेका कुरालाई आ-आफ्नो विध्यालयमा गएर शिक्षकहरूलाई सिकाउनुका साथै कक्षाकाेठामा लागू गर्नु हुन अनुराेध गर्नु भयाे ।

अतिथिकाे रूपमा गाउँपालिका उपाध्यक्ष राधा कुमारी श्रेष्ठले तालिममा सिक्ने सिकाउने अभियान रहिरहन्छ र आफू सिकेर सक्षम बन्नुका साथै सिकेका कुरालाई आ-आफ्नो विद्यालयमा गएर अरू शिक्षकलाई पनि सिकाउने अभिलाषाका साथ सिक्न बताउनु भयाे ।
त्यस्तै: शिक्षा शाखा प्रमुख मीना देवी आचार्यले सातदिने ICT तालिममा सिकेका कुरालाई व्यवहार र विद्यालयमा लागू गर्नुका साथै विद्यालयमा कुन स्रोतसाधनले तपाईहरूलाई ICT प्रयोग गर्न गार्हो भयाे र गाउँपालिकाले के उपलब्ध गराएमा तपाईहरूलाई लागू गर्न सहज हुन्छ, के सहयोग पालिकाले गरिदिए हुन्छ र याे सामान चाहियाे भनेर भन्नू हुन अनुरोध गर्नु भयाे ।

साेही तालिमका तालिम प्रशिक्षक प्रशान्त श्रेष्ठले कक्षाकाेठामा कसरी विषय वस्तु र समसामयिक AI तथा शिक्षण सिकाइका ICT Tools हरूकाे र तालिमको बारेमा जानकारी गराउनु भयाे ।
सिकाइ प्रवर्द्धन परियोजना लागू भएकाे रम्भा गाउँपालिका भित्रका विद्यालयबाट २० जना शिक्षकहरूकाे सहभागीता रहेकाे छ ।
उक्त तालिमको सहजीकरण तालिम प्रशिक्षक प्रशान्त श्रेष्ठ, रीड नेपालका सूचना अधिकृत पुरन ओली र MEAL अधिकृत सनीसा ज्ञवालीले गरि रहनु भएकाे छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप