काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई छाड्न अस्वीकार गरेको छ।
सोमबार उनका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले छाड्न अस्वीकार गरेको हो।
राउतको इजलासले उनलाई पक्राउ गर्नुको कारण पेश गर्न मात्रै आदेश दिएको हो।
प्रहरीको साइबर ब्युरोले प्रसाईलाई चरित्र हत्या गरेको आरोपमा आइतबार पक्राउ गरेको थियो।
काठमाडौं जिल्ला अदालतलाई प्रसाईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप