भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ



काठमाडौ । झापामा दुई वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका दुर्गा प्रसाईँलाई प्रहरीले पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तरगतका नागरिक प्रतिरक्षा बल(पीडीएफ)ले झापाको यातायात बन्दको घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण चन्दले ट्रक आगजानीमा संलग्न रहेको आरोपमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तरगतका नागरिक प्रतिरक्षा बलमा आवद्ध झापा हल्दिवारी गाउँपालिका– १ का ४० बर्षीय भिम लिम्बू तुम्वापो र नागरिक प्रतिरक्षा बलकै कार्यकर्ता झापा बिर्तामोड नगरपालिका–७ का ३९ बर्षीय बिजय चौधरीलाई पक्राउ गरिएको बताउनुभयो ।

प्रवक्ता चन्दका अनुसार पक्राउ परेका दुवै जनलाई अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो । ट्रक आगजानीमा संलग्न केही व्यक्ति फरार रहेको र खोजीकार्य जारी रहेको जानकारी दिनुभयो ।

सो समूहले कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको र बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्लुबी ७३ इ ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा आगजनी गरेका थिए । आगजानीबाट घाइते भएका दुवै ट्रकका चालकहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.