काठमाडौँ । पत्रकार सङ्गीता तिमिल्सेना युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । आइतबार प्रेस काउन्सिल नेपालको ५५ औँ वार्षिकोत्सव समारोहकाबीच पत्रकार तिमिल्सेना पुरस्कृत हुनु भएको हो ।
दुर्गम हिमाली जिल्ला बाजुरालाई कार्यक्षेत्र बनाउँदै सक्रिय पत्रकारिता गर्दै आउनु भएकी तिमिल्सेना प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार २०८१ बाट सम्मानित हुनु भएको हो । राष्ट्रपति भवन शीतल निवासमा आयोजित औपचारिक कार्यक्रमकाबीच राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नगदसहित सम्मान पत्रका साथ सम्मानित गर्नु भएको हो ।
लामो समयदेखि दूर दराजमा रहेर कलम चलाउँदै आएकी तिमिल्सेना गोरखापत्र राष्ट्रिय दैनिक बाजुरा प्रतिनिधि र किनारा न्युज डटकम नामक अनलाइनको कार्यकारी सम्पादकको रूपमा काम गर्दै आउनु भएको छ । यसका साथै उहाँ प्रेस युनियन बाजुराको अध्यक्ष र नेपाल पत्रकार महासङ्घ बाजुराको उपाध्यक्षको जिम्मेवारी समाल्दै आउनु भएको छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप