काठमाडौँ । पत्रकार सङ्गीता तिमिल्सेना युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । आइतबार प्रेस काउन्सिल नेपालको ५५ औँ वार्षिकोत्सव समारोहकाबीच पत्रकार तिमिल्सेना पुरस्कृत हुनु भएको हो ।
दुर्गम हिमाली जिल्ला बाजुरालाई कार्यक्षेत्र बनाउँदै सक्रिय पत्रकारिता गर्दै आउनु भएकी तिमिल्सेना प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार २०८१ बाट सम्मानित हुनु भएको हो । राष्ट्रपति भवन शीतल निवासमा आयोजित औपचारिक कार्यक्रमकाबीच राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नगदसहित सम्मान पत्रका साथ सम्मानित गर्नु भएको हो ।
लामो समयदेखि दूर दराजमा रहेर कलम चलाउँदै आएकी तिमिल्सेना गोरखापत्र राष्ट्रिय दैनिक बाजुरा प्रतिनिधि र किनारा न्युज डटकम नामक अनलाइनको कार्यकारी सम्पादकको रूपमा काम गर्दै आउनु भएको छ । यसका साथै उहाँ प्रेस युनियन बाजुराको अध्यक्ष र नेपाल पत्रकार महासङ्घ बाजुराको उपाध्यक्षको जिम्मेवारी समाल्दै आउनु भएको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै