साेलुखुम्बु । साेलुदुधकुण्ड नगरपालिकामा रीड नेपालको नगरपालिका स्तरीय परियोजना सल्लाहकार समिति (MPAC) बैठक सम्पन्न भएको छ।
सोलुदुधकुण्ड नगरपालिकाका नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा बसेको बैठकमा रीड नेपालले आर्थिक वर्ष २०८०-२०८१ मा संचालित शैक्षिक कार्यक्रमको समीक्षा, नगर भित्र रीड नेपालले काम गर्ने १९ विद्यालयको तथ्यांक विश्लेषण गत वर्षको बजेट तथा खर्चको विवरण, उपलब्धी तथा चुनौती, सल्लाह सुझाव दिगोपना समन्वय र सहकार्य लगाएतका विषयवस्तु माथि छलफल गरिएको थियो।
कार्यक्रमको प्रस्तुति रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले गर्नु भएको थियो । कार्यक्रमा प्रस्तुत तथ्यांकमा शैक्षिक सत्र २०८० को १९ ओटा विद्यालयको औसत सिकाइ उपलब्धी ६३.४१ रहेको छ । यो सिकाइ उपलब्धी गतवर्ष भन्दा ०.८७ % ले वृद्धि भएको जनाएको छ साथै गत वर्षको तुलनामा विद्यार्थी भर्ना संख्या ६% घटेको पनि तथ्यांकले देखाएको छ ।
कार्यक्रममा नगर प्रमुख, उप प्रमुख गान्धीमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत कोपिला राई, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पुन्यराज डंगोल, योजना प्रमुख रामकुमार खड्का, महिला तथा बालबालिका शाखा प्रमुख रिता ढुंगाना, लेखा अधिकृत फुरी लामा, शिक्षा शाखा प्रतिनिधी सन्तोस राउत, स्वास्थ्य शाखा प्रमुख चमर बहादुर मगर र स्थानीय स्रोत शिक्षकहरु लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पुन्यराज डंगोलले रीड नेपालले गरेका कार्यक्रम प्रभावकारी भएको भन्दै अन्य विद्यालयलाई पनि आगामी कार्यक्रममा समेट्न आग्रह गर्नु भयो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले रीड नेपालले गरेको कामको प्रसंसा गर्दै गत वर्ष सहकार्यमा पनि धेरै कार्यक्रम भएको स्मरण गर्दै आगामीदिनमा पनि समन्वय र सहकार्यमा शैशिक कार्यक्रम संचालन गर्दा गुणस्तरमा वृद्धि हुने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रमको समापन गर्दै नगर प्रमुख शेर्पाले शैक्षिक गुणस्तर वृद्धिका लागि रीडले महत्त्वपूर्ण कार्यक्रम संचालन गरेकोमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रममा देखिएका चुनौती समाधान गर्न आफू पनि लागि पर्ने बताउदै वडा, शिक्षा समिति, शिक्षा शाखा र रीड नेपाललाई सयुक्त रुपमा मिलेर अनुगमन गर्न आग्रह गर्नु भयो । विद्यालय व्यवस्थापनले भौतिकमा मात्र नभई शैक्षिक गुणस्तरमा अझ बढी जोड दिनुपर्ने बताउनु भयो ।
रीड नेपालले यो वर्ष संचालन हुने कार्यक्रमकाबारेमा समेत जानकारी गराएको छ । जसमा प्र.अ /शिक्षक तालिम, वि. व्य. स. शि. अ. संघ तालिम अभिभावक अभिमुखीकरण, बालक्लव परिचालन, समावेशी शिक्षा तथा लैंगिक समानता बालसुरक्षा, शैक्षिक सामग्री वितरण, विद्यालय सुधार योजना अपडेट, छात्रवृति प्रदान लगाएतका कार्यक्रम संचालन गर्ने जनाएको छ ।
सम्वन्धित समाचार
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने कुरामा विपक्षी दलहरू एक ठाउँमा
भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त
खप्तड छान्नामा एकदिने आँखा शिविर सञ्चालन
अनेरास्ववियुको नेतृत्व चुन्न मतदान आज , कडरिया र पौडेल प्यानलसहित प्रतिस्पर्धामा
नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै
मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा घट्यो-लयमा फर्किँदै अर्थतन्त्र