काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशमा सिफारिस भएका राजदूतहरूको नाम अनुमोदन गरेको छ।
सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम बहुमतले अनुमोदन गर्ने निर्णय गरेको सुनुवाइ समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिएकी छन्।
समितिको निर्णयअनुसार चीनका लागि प्रा .डा. कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुमनिमा तुलाधर, जर्मनीका लागि डा.शैल रुपाखेती, भारतका लागि सङ्कर प्रसाद शर्माको नाम अनुमोदन भएको छ ।
यस्तै इजरायलका लागि डाधनप्रसाद पण्डित, मलेसियाका लागि डा।नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रिता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जङ्गबहादुर चौहान, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण कोरियाका लागि डा।शिवमाया तुम्बाहाम्फेको नाम अनुमोदन भएको छ ।
यसै गरी स्पेनका लागि सुनिल नेपाल, बेलायतका लागि चन्द्र कुमार घिमिरे र अमेरिकाका लागि लोक दर्शन रेग्मीको नाम अनुमोदन भएको छ । श्रीलङ्काका लागि सिफारिस राजदूत रामकृष्ण अधिकारीको भने नाम अनुमोदन भएको छैन।
श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा केही कागजातहरू अपुरो लागेकाले सचिवालयलाई थप कागज मगाउन निर्देशन दिइएको छ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै