काठमाडौं – संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संविधान संशाेधन गर्नका लागि कांग्रेस र एमाले मात्रै भएर सम्भव नहुने बताउनु भएकाे छ।
बुधबार नेपाल नाट्य प्रज्ञाप्रतिष्ठानद्वारा आयाेजित संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१काे पूर्वसन्ध्यामा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएकाे हाे। मन्त्री पाण्डेले एमाले र कांग्रेस एक ठाउँमा आउनुकाे पछाडि केवल सत्ता मात्रै नभएकाे प्रस्ट पार्नु भयाे। उहाँले भन्नू भयाे,दुईवटा ठूला दल एक ठाउँमा आउनु भनेकाे सत्ताका लागि हाेईन। देशकाे दूरगामी परिवर्तन र संकटबाट जाेगाउन गर्नका लागि एक ठाउँमा आएका हाैं। हामी ०४८ सालदेखि प्रतिस्पर्धी दल हाैं।०८४ मा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुन्छ उहाँले भन्नु भयाे,संविधान संशाेधन गर्नु पर्ने छ। कांग्रेस र एमाले मात्रै भएर संविधान संशाेधन गर्न सम्भव छैन।
राष्ट्रकाे हितका पक्षमा नेकपा माअाेवादी,राप्रपा,रासपा लगायतका दलहरूसमेत एक ठाउँमा आउन जरूरी छ। उहाँले १० वर्षमा संविधानलाई पूनरावलाेकन गर्नु पर्ने बेला आईसकेकाले संविधान संशोधन गर्नु पर्नेमा जाेड दिनुभयाे।
मन्त्री पाण्डेले लाेकतान्त्रिक गणतन्त्रात्मक संविधानमा समानुपातिक,समावेशीता जस्ता कुराले संविधानलाई जीवन्त राख्ने काम भएकाे बताउनु भयाे। मन्त्री पाण्डेले संविधानलाई जीवन्त बनाउन कामकाजी हुनु पर्ने,संविधानसँग जाेडिएका एेन कानुन निर्माण गर्न जरूरी रहेकाे आैल्याउनु भयाे। त्यसै गरि उहाँले संस्कृति समाजकाे प्राण भएकाले समाजका विविध संस्कार संस्कृतिको जगर्ना गर्नु पर्नेमा जाेड दिनु भयाे।



सम्वन्धित समाचार
नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै
विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर