सोलुखुम्बु । ६० औँ बाल दिवसको अवसरमा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ विभिन्न आयोजना गरि सम्पन्न गरिएको छ । वक्तृत्वकला र निबन्ध प्रतियोगीताको आयोजना गरिएको थियो ।
आयोजित वक्तृत्वकला प्रतियोगीतामा विनिता घिमिरे प्रथम भएकी छिन् ।
सोलुदुधकुण्ड नगरपालिका र रीड नेपालको संयुक्त आयोजनामा शनिबार आयोजित प्रतियोगीतामा गार्मा माध्यमिक विद्यालयकी विनिता घिमिरे प्रथम भएकी हुन् ।
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ शिर्षकमा भएको माध्यमिक तह स्तरिय वक्तृत्वकलामा जुनबेशी माध्यमिक विद्यालयका ओडी साम्देन लामा द्धितीय भएका छन् । तृतीय स्थान चाँगेस्थान माध्यमिक विद्यालयका आयुस्मा बस्नेतले ओगटेकी छिन् ।
दिवसकै अवसरमा आधारभूत तह स्तरिय निबन्ध प्रतियोगीताको समेत आयोजना गरिएको थियो । ‘समाबेशी शिक्षा आजको आवश्यकता’ शिर्षकमा भएको निबन्ध लेखनमा जनजागृती माध्यमिक विद्यालयकी हस्तीमाया तामाङ प्रथम, जमूना आधारभूत विद्यालयकी युना मगर द्धितीय भएका छन् ।
त्यस्तै, जनजागृती आधारभूत विद्यालयकी पसी शेर्पा तृतीय हुँदा माउन्ट एभरेष्ट बोर्डिङकी सन्ध्या डाँगी सान्त्वना भएकी छिन् ।
विजेता विद्यार्थीलाई ८ हजार, ६ हजार, ४ हजार र ३ हजार नगदको साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।
सोही अवसरमा मेयर र उपमेयर सँग बालबालिकाले अन्तरक्रिया समेत गरिएको छ । मेयर नाम्ग्ेल जाङबु शेर्पा र उपमेयर गान्धीमाया तामाङले बालबालिकाको शैक्षिक गुनासो सुनेका छन् ।
अन्तरक्रियामा बालबालिकाले शिक्षक दरबन्दी देखि भौतिक पूर्वाधार, खानेपानी, शौचालय लगायतका विषयमा समस्या दर्शाएका थिए ।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा