सोलुखुम्बु । ६० औँ बाल दिवसको अवसरमा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ विभिन्न आयोजना गरि सम्पन्न गरिएको छ । वक्तृत्वकला र निबन्ध प्रतियोगीताको आयोजना गरिएको थियो ।
आयोजित वक्तृत्वकला प्रतियोगीतामा विनिता घिमिरे प्रथम भएकी छिन् ।
सोलुदुधकुण्ड नगरपालिका र रीड नेपालको संयुक्त आयोजनामा शनिबार आयोजित प्रतियोगीतामा गार्मा माध्यमिक विद्यालयकी विनिता घिमिरे प्रथम भएकी हुन् ।
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ शिर्षकमा भएको माध्यमिक तह स्तरिय वक्तृत्वकलामा जुनबेशी माध्यमिक विद्यालयका ओडी साम्देन लामा द्धितीय भएका छन् । तृतीय स्थान चाँगेस्थान माध्यमिक विद्यालयका आयुस्मा बस्नेतले ओगटेकी छिन् ।
दिवसकै अवसरमा आधारभूत तह स्तरिय निबन्ध प्रतियोगीताको समेत आयोजना गरिएको थियो । ‘समाबेशी शिक्षा आजको आवश्यकता’ शिर्षकमा भएको निबन्ध लेखनमा जनजागृती माध्यमिक विद्यालयकी हस्तीमाया तामाङ प्रथम, जमूना आधारभूत विद्यालयकी युना मगर द्धितीय भएका छन् ।
त्यस्तै, जनजागृती आधारभूत विद्यालयकी पसी शेर्पा तृतीय हुँदा माउन्ट एभरेष्ट बोर्डिङकी सन्ध्या डाँगी सान्त्वना भएकी छिन् ।
विजेता विद्यार्थीलाई ८ हजार, ६ हजार, ४ हजार र ३ हजार नगदको साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।
सोही अवसरमा मेयर र उपमेयर सँग बालबालिकाले अन्तरक्रिया समेत गरिएको छ । मेयर नाम्ग्ेल जाङबु शेर्पा र उपमेयर गान्धीमाया तामाङले बालबालिकाको शैक्षिक गुनासो सुनेका छन् ।
अन्तरक्रियामा बालबालिकाले शिक्षक दरबन्दी देखि भौतिक पूर्वाधार, खानेपानी, शौचालय लगायतका विषयमा समस्या दर्शाएका थिए ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप