काठमाडौं । काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ ।
जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’मा रोकेर यात्रुहरुलाई ओरालिएको छ ।
यो जहालले गर्दा अन्य जहाजलाई उडानमा समस्या देखिएको छ ।
बुद्ध एयरको नाइन एन–एआईटी जहाज आज बिहान भरतपुर उड्ने तयारीमा थियो । तर प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको विमानस्थल स्रोतले बतायो ।
अवतरणमा समस्या नभए पनि आन्तरिक उडानका जहाजहरु उड्न ढिला भइरहेको विमानस्थल स्रोतले जनाएको छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप