काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यही भदौं ३१ गते बजेट ल्याउने बताउनु भएको छ ।
शनिबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले भदौ ३१ गते बजेट ल्याउने बताउनु भएको हो ।
तत्कालीन सरकारले गत असार १ गते प्रदेश सभामा पेस गरेको बजेटमा सामान्य पुनरावलोकन गरेर चालु वर्षको बजेट ल्याउने बताउनु भयो ।
‘संवैधानिक र कानुनी प्रक्रियामा रहेर नै बजेट आउँछ,’ शाहले भन्नु भयो,’यसअघिकै नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट आउँछ ।’
सुदूरपश्चिम प्रदेश सरकारले २५ लाख भन्दामाथि सिलिङ कायम गरी योजना छनोट गर्ने, कम बजेट विनियोजन गर्नुपर्ने योजना सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगरिने मापदण्ड बनाएको छ ।
तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गत असार १ गते प्रदेश सभामा बजेट पेस गरेको थियो तर राजनीतिक समीकरण फेरिएपछि बजेट पारित हुन सकेको थिएन । सुदूरपश्चिम प्रदेशमा बजेट होलिडे भएको थियो ।



सम्वन्धित समाचार
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला हुँदै
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
एमालेको विधान महाधिवेशन आज देखि सुरु, २५ सय नेता कार्यकर्ता भेला हुँदै
एमाले विधान महाधिवेशनमा ४ वटा डिजिटल ढोका, क्यूआर स्क्यान गरेरमात्र प्रवेश पाइने
हाजिरी जमानीमा छुटे एमालेका केन्द्रीय सदस्य ऐन महर
एमाले विधान महाधिवेशनको मुख्य नारा तय