काठमाडौं । बागलुङमा भएको जिप दुर्घटनामा परेर मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।
बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीका अनुसार दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष ३२ वर्षीया भुपेन्द्रा बुढा, उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा र वडा नम्बर २ का वडा अध्यक्ष ४३ वर्षीय जसबहादुर श्रीपालीको मृत्यु भएको हो ।
शुक्रबार बिहान पौने ९ बजेतिर रा १ झ २०० नम्बरको सरकारी जिप बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो ।
घटनास्थलबाट चालक प्रेमबहादुर पुनको जीवितै उद्धार गरिएको छ। उनीको धौलागिरि अस्पतालमा उपचारका भइरहेको छ । प्रजिअ सुवेदीका अनुसार उनीलाई भर्खरै होस आएको छ ।
जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप