काठमाडौँ-संवैधानिक परिषद्को बैठक विना निष्कर्ष टुंगिएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भएपनि निष्कर्षमा पुग्न भने सकेन ।
बैठक आगामी भदौ ३१ गते अर्को बैठक बस्ने भएको छ । शुक्रबारको बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएपनि कुनै निर्णय नभएको उपसभामुख इन्दिरा रानामगरले जानकारी कान्तिपुरलाई जानकारी दिनु भएको छ।
आजको बैठकमा प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भयो । तर कुनै निर्णय भएको छैन । फेरि छलफल गरेर अर्को बैठकमा कुराकानी गर्ने कुरा भएको छ, उहाँले भन्नुभयो।
हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ गतेबाट अवकाशमा जाँदैछन् । प्रधानन्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले ८ जना वरिष्ठतम न्यायाधीशहरूको नाम सिफारिस गरेको छ ।
वरीयताअनुसार न्यायाधीशहरू प्रकाशमान सिंह राउत, नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोज शर्मा र कुमार चुँडालको नाम परिषद्मा पुगेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकमा प्रधानन्यायाधीश श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल र प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर सहभागीता रहेको थियो।



सम्वन्धित समाचार
नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै
विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर