ललितपुर । युवाहरूलाई जलवायु न्याय र लैङ्गिक समताको विषयमा सशक्तीकरण गर्ने उद्देश्यले ललितपुरको कोत डाँडामा तिन दिने आवासीय शिविर सम्पन्न भएको छ । विभिन्न क्षेत्रका करिब ३० जना युवाहरू सहभागी भएको शिविर केओस फाउन्डेसनसँगको सहकार्यमा यूथ एड्भोकेसी नेपालले आयोजना गरेको आयोजक संस्थाका अध्यक्ष गणेश धामीले बताए ।
शिविरमा प्रशिक्षण गर्दै राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत किरण वरामले जलवायु परिवर्तनले समाजमा पछाडि पारिएका वर्ग, समुदाय र तप्कामा मानिसहरूलाई गम्भीर प्रभाव पारेकाले सरकारले विशेष नीति तथा कार्यक्रम तर्जुमा गर्नु पर्ने बताए । जलवायु परिवर्तनको कारणबाट हुने अधिकार उल्लङ्घनका घटनालाई मानवअधिकारको दृष्टिकोणबाट हेर्दै सोही बमोजिम सम्बोधन गर्नु पर्दछ, उनले बताए ।
जलवायु परिवर्तनका मुख्य कारण विश्वले अवलम्बन गरेको नाफामूलक तथा वृद्धिमा आधारित विकासको मोडल भएकाले यसलाई सम्बोधन गर्न मानव तथा वातावरणमैत्री विकासको मोडल अवलम्बन गर्नु पर्ने शिविरका अर्का प्रशिक्षक नरेन खतिवडाले बताए ।
जलवायु परिवर्तनले अन्य समुदायको तुलनामा महिलाहरूलाई बढी प्रभाव पारेकोले उनीहरूलाई सशक्तीकरण गर्नु पर्ने शिविरका अर्का प्रशिक्षक प्रतिष्ठा जोशीले औल्याईन ।
शिविरमा वन तथा वातावरण विभागका प्रतिनिधि दीपक ज्ञवाली, विनय कार्की, ओमकार सुवेदी, सञ्जय पन्थी, लक्ष्मी चौधरी, मनिका लामा, बिपना विडारी लगायतले सहभागितामूलक ढङ्गले प्रशिक्षण सञ्चालन गरेका थिए ।
शिविरमा सिकेका ज्ञान र सिपलाई व्यवहारिक रुपमा रूपान्तरण गर्नका लागि सहभागीहरूले अन्त्यमा कार्य योजना पनि बनाएको थिए । जलवायु न्यायको सुनिश्चितता गर्नका लागि स्थानान्तर देखी अन्तर्राष्ट्रिय स्तर सम्म निरन्तर पैरवी गरिरहने आयोजक संस्थाले बत्ताएको छ ।



सम्वन्धित समाचार
“विद्यालय रूपान्तरणतर्फ बागमतीको कदम : १५० शिक्षकलाई बालमैत्री प्रशिक्षण”
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो