सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा रीड नेपालको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा संचालित शैक्षिक कार्यक्रमको समीक्षा गाउँपालिका प्रमुख तथा पालिका परियोजना सल्लाहाकार समिति अध्यक्ष असिम राईको अध्यक्षतामा संचालन गरिएको थियो । कार्यक्रममा गत वर्षका सम्पूर्ण कार्यक्रमबारे रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सम्पन्न गतिविधि उपलब्धी, तथ्यांक विश्लेषण, बजेट र खर्च प्रस्तुत गरिएको थियो । जसमा योजनामा भएका सबै गतिबिधि सम्पन्न भएको लगाएतका कुराहरु प्रस्तुत गरिएको थियो । साथै समग्र पालिकाको विद्यालयको सिकाइ उपलब्धी गत वर्ष भन्दा ४.४४ प्रतिसतले वृद्धि भएको छ ।
गत वर्ष ५८.३२ रहेको सिकाइ उपलब्धी यो वर्ष ६२.७६ पुगेको हो । रीड नेपालले काम गरिरहेको १५ विद्यालयको सिकाइ उपलब्धी २.०९ ले वृद्धि भएर ६५.४६ रहेको तथ्यांक प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बोल्दै पालिका प्रमुख राईले रीड नेपाल पालिकाको शैक्षिक सहयात्रीको रुपमा रहेको भन्दै रीडको कार्यको खुलेर प्रसंसा गर्नु भयो । आफ्नो पहिलो सरोकारको रुपमा शिक्षा रहेको बताउदै शैक्षिक सुधार र गुणस्तरीय शिक्षाका लागि आफ्नो तर्फबाट कुनै पनि कमी हुन नदिने बताउनु भयो ।
आगामी कार्यक्रममा पनि सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुका, साथै अध्यक्ष राईले रीड संगको सहकार्यमा ५१ ओटै विद्यालयको प्रोफाइल निर्माण, सयुक्त अनुगमन , शिक्षक डायरी , विद्याथी सिकाइ मूल्यांकन को प्रयोग अभिभावक अभिमुखीकरण तथा तालिम लगाएतका कार्यक्रमहरु संचालन गर्न शिक्षा शाखालाई निर्देशन दिनु भयो ।
कार्यक्रममा पालिका उप प्रमुख सबिता राई, वडा अध्यक्षहरु , कार्यपालिका सदस्य प्रमुख प्रशासकीय अधिकृत स्थानीय स्रोत शिक्षक र शाखा प्रमुख हरुको उपस्थित्ति रहेको थियो ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै