काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढबहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको बताएका छन् ।
बुधबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले देशको अवस्था चुनौतिपूर्ण रहेको भन्दै कर्मचारीहरुमा अझ यसको प्रभाव पर्ने बताए ।
सभापति देउवाले भने, ‘अहिलेको बेला चुनौतिपूर्ण ढंगको अवस्था पनि छ । चुनौतिपूर्ण अवस्थामा कर्मचारी युनियनका साथीहरु अझ बढी जागरुक हुनुहुनेछ । कहाँ चुनौति छ, सबैले बुझ्नुभएको छ । प्रजातन्त्रिक प्रणालीलाई हामीले जोगाउनु छ । त्यसमा हामी सबै लाग्नुछ । यसका सम्बन्धमा आफ्ना आफ्ना मतभेद होलान् । एमालेसँग कांग्रेस र कांग्रेससँग एमाले पार्टीको होलान् । तर एउटा कुरामा यो बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा हामी दुई पार्टीका बीचमा कुनै मतभेद छैन । ’
सभापति देउवाले निजामति कर्मचारी स्थायी सरकार भएको बताउँदै कर्मचारीले सरकारको निर्णय मान्नुपर्नेमा समेत जोड दिए ।



सम्वन्धित समाचार
काठमाडौँमा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी सिकाइ सम्मेलन हुने
भदौ २३ गतेलाई जेनजी शहिद दिवसका रुपमा मनाउने सरकारको निर्णय
जलवायु न्याय, समावेशिता र नेपालकाे प्राथमिकतामाथि युवाको वहस
कांग्रेसको १५ औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय
नेकपाको एकता सन्देश सभा विराटनगरमा सुरू
एमालेले सार्वजनिक गर्यो ११औँ महाधिवेशनको लोगो