काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढबहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको बताएका छन् ।
बुधबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले देशको अवस्था चुनौतिपूर्ण रहेको भन्दै कर्मचारीहरुमा अझ यसको प्रभाव पर्ने बताए ।
सभापति देउवाले भने, ‘अहिलेको बेला चुनौतिपूर्ण ढंगको अवस्था पनि छ । चुनौतिपूर्ण अवस्थामा कर्मचारी युनियनका साथीहरु अझ बढी जागरुक हुनुहुनेछ । कहाँ चुनौति छ, सबैले बुझ्नुभएको छ । प्रजातन्त्रिक प्रणालीलाई हामीले जोगाउनु छ । त्यसमा हामी सबै लाग्नुछ । यसका सम्बन्धमा आफ्ना आफ्ना मतभेद होलान् । एमालेसँग कांग्रेस र कांग्रेससँग एमाले पार्टीको होलान् । तर एउटा कुरामा यो बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा हामी दुई पार्टीका बीचमा कुनै मतभेद छैन । ’
सभापति देउवाले निजामति कर्मचारी स्थायी सरकार भएको बताउँदै कर्मचारीले सरकारको निर्णय मान्नुपर्नेमा समेत जोड दिए ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप