काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सञ्चालक समितिले पनि स्पष्टीकरण सोधेको छ ।
दुई वटा वाइडबडी विमान उडानमा नरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दैनिक करिब ४ करोड नोक्सान बेहोर्नुपर्ने भएपछि समितिले कार्यकारी अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधेको हो ।
चाडपर्व नजिकिँदै गर्दा नियमित गर्नुपर्ने विस्तृत मर्मत सम्भार अर्थात सी(चेकमा दुवै वाइडबडी विमान पठाउन ढिलाइ गरेको लगायतका विषयमा सञ्चालक समितिले स्पष्टीकरण सोधेको निगम श्रोतले जनाएको छ । स्पष्टीकरणमा सञ्चालक समितिका निर्णय कार्यान्वयन नगरेको आरोप लगाइएको छ । नेपाल वायुसेवा निगमको ऋण व्ययभार बढ्दै गएर ५३ अर्ब रुपैयाँ पुगेको छ।
यसअघि कार्यकारी अध्यक्ष अधिकारीलाई भदौ १२ गते पर्यटन मन्त्रालयले पनि स्पष्टीकरण सोधेको थियो । मन्त्रालयले एक साताभित्र जवाफ दिन भनिएको पत्रको म्याद मंगलबार सकिएको छ । पर्यटन मन्त्रालयले अहिलेसम्म अधिकारीको स्पष्टीकरण नआएको जनाएको छ ।



सम्वन्धित समाचार
नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै
विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर