काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सञ्चालक समितिले पनि स्पष्टीकरण सोधेको छ ।
दुई वटा वाइडबडी विमान उडानमा नरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दैनिक करिब ४ करोड नोक्सान बेहोर्नुपर्ने भएपछि समितिले कार्यकारी अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधेको हो ।
चाडपर्व नजिकिँदै गर्दा नियमित गर्नुपर्ने विस्तृत मर्मत सम्भार अर्थात सी(चेकमा दुवै वाइडबडी विमान पठाउन ढिलाइ गरेको लगायतका विषयमा सञ्चालक समितिले स्पष्टीकरण सोधेको निगम श्रोतले जनाएको छ । स्पष्टीकरणमा सञ्चालक समितिका निर्णय कार्यान्वयन नगरेको आरोप लगाइएको छ । नेपाल वायुसेवा निगमको ऋण व्ययभार बढ्दै गएर ५३ अर्ब रुपैयाँ पुगेको छ।
यसअघि कार्यकारी अध्यक्ष अधिकारीलाई भदौ १२ गते पर्यटन मन्त्रालयले पनि स्पष्टीकरण सोधेको थियो । मन्त्रालयले एक साताभित्र जवाफ दिन भनिएको पत्रको म्याद मंगलबार सकिएको छ । पर्यटन मन्त्रालयले अहिलेसम्म अधिकारीको स्पष्टीकरण नआएको जनाएको छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप