काठमाडौँ । जलवायु न्यायका लागि सञ्जाल गठन गरिएको छ । नागरिक अगुवा नरेन खतिवडाको संयोजकत्वमा शुक्रवार सञ्जाल गठन गरिएको हो । जलवायु न्याय तथा स्वच्छ हावको लागि स्थानीय स्तरदेखि अन्तर्राष्ट्रिय स्तरसम्म निरन्तर पैरवी गर्नका लागि नरेन्द्र खतिवडाको नेतृत्वमा ‘ जलवायु न्यायका लागि नागरिक अभियान’ नामक सञ्जाल गठन गरिएको यूथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले जानकारी दिए ।

स्वच्छ हावाको लागि निरन्तर पैरवी गर्नु पर्ने युवाहरूले बताएका छन् । यूथ एड्भोकेसी नेपालद्वारा काठमाडौँमा आयोजित शुक्रवारे युवा संवाद कार्यक्रममा युवाहरूले उक्त कुरा बताएका हुन । कार्यक्रममा वातावरणविद् भोला भट्टराईले वायु प्रदूषणसँग जुध्नको लागि युवाहरूले नविनरुपले चिन्तन र व्यवहार गर्नु पर्ने बताए । उनले भने, ‘ युवाहरूले सकारात्मक रुपले पहल गरे छोटो समय मै वायु प्रदूषण घटाउन सकिन्छ । विश्वमा ८० लाख भन्दा बढी र नेपालमा ४५ हजार भन्दा बढी मानिसहरूको मृत्यु वायु प्रदूषणको कारणले भइरहेको भट्टराईले जानकारी दिए ।
जैविक इन्धनको प्रयोग, औधागिक गतिविधि र यातायात लगायतका गतिविधि वायु प्रदूषणका मुख्य कारणहरू भएका भट्टराईको जोड थियो ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै