काठमाडौँ । जलवायु न्यायका लागि सञ्जाल गठन गरिएको छ । नागरिक अगुवा नरेन खतिवडाको संयोजकत्वमा शुक्रवार सञ्जाल गठन गरिएको हो । जलवायु न्याय तथा स्वच्छ हावको लागि स्थानीय स्तरदेखि अन्तर्राष्ट्रिय स्तरसम्म निरन्तर पैरवी गर्नका लागि नरेन्द्र खतिवडाको नेतृत्वमा ‘ जलवायु न्यायका लागि नागरिक अभियान’ नामक सञ्जाल गठन गरिएको यूथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले जानकारी दिए ।

स्वच्छ हावाको लागि निरन्तर पैरवी गर्नु पर्ने युवाहरूले बताएका छन् । यूथ एड्भोकेसी नेपालद्वारा काठमाडौँमा आयोजित शुक्रवारे युवा संवाद कार्यक्रममा युवाहरूले उक्त कुरा बताएका हुन । कार्यक्रममा वातावरणविद् भोला भट्टराईले वायु प्रदूषणसँग जुध्नको लागि युवाहरूले नविनरुपले चिन्तन र व्यवहार गर्नु पर्ने बताए । उनले भने, ‘ युवाहरूले सकारात्मक रुपले पहल गरे छोटो समय मै वायु प्रदूषण घटाउन सकिन्छ । विश्वमा ८० लाख भन्दा बढी र नेपालमा ४५ हजार भन्दा बढी मानिसहरूको मृत्यु वायु प्रदूषणको कारणले भइरहेको भट्टराईले जानकारी दिए ।
जैविक इन्धनको प्रयोग, औधागिक गतिविधि र यातायात लगायतका गतिविधि वायु प्रदूषणका मुख्य कारणहरू भएका भट्टराईको जोड थियो ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप