हवाई सुरक्षाबारे मन्त्री पाण्डेद्वारा रक्षामन्त्री र नेपाली सेनासँग छलफल



काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधारका विषयमा रक्षामन्त्री मानवीर राई, कामु प्रधान सेनापति अशोक सिंग्देलसँग छलफल तथा अनुभव आदानप्रदान गर्नुभएको छ ।

छलफलका क्रममा नेपाली सेनाका अधिकारीहरुले तालिम र व्यवस्थापन,अवलम्बन गरेका असल अभ्यासका विषयमा छलफल भएकाे हाे।

त्यस्तै भौगोलिक विविधता र मौसमी कारणले हुने दुर्घटनाको अन्त्य गर्नका लागि ठाउँ ठाउँमा मौसमी सूचनाबारे जानकारी लिन आधुनिक प्रविधि जडान गर्नु पर्ने लगायतका विषयमा नेपाली सेनाले सुझाव दिएकाे छ।

 

एक महिनामा एउटा जहाज र एउटा हेलिकप्टर दुर्घटना भए पछि उहाँले आईतवार रक्षामन्त्री, प्रधान सेनापतिका साथै दुई मन्त्रालयका सचिवहरूसँग सामुहिक छलफल गर्नु भएको हो ।
नेपाली सेनाको हवाई सेवा उत्कृष्ट रहेकाले गैर सैनिक हवाई उडानलाई कसरी सुरक्षित पार्न सकिन्छ भन्ने विषयमा मन्त्री पाण्डेले सुझाव माग्नु भएकाे थियाे ।

हालै भएका हवाइ दुर्घटनाको छानवीन समिति गठन भएको भए पनि अध्ययन प्रतवेदन भने आउन बाँकी रहेको छ । अनुभव साट्ने क्रममा नेपाली सेनाका अधिकारीहरुले हवाई सुरक्षाका लागि ओभरअल सिस्टम र नियमकानुनको कमी नभएको तर कार्यान्वयनको पक्षमा ध्यान दिनु पर्ने सुझाव दिएकाे थियाे ।

नेपाली सेनाको हवाई सुरक्षाका सन्दर्भमा आफ्नै निर्देशिका भएकाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईसीएओ) को गाइडलाइन फलो गर्न नपरेको प्रष्ट पारेकाे छ।

त्यसै गरि धेरै उडान हुने ठाउँमा हेलिप्याड बनाउनु पर्ने, नगारिक उड्डयन प्राधिकरण (क्यान), आईसीएओ र नेपाली सेनाको संयुक्त समिति बनाएर हवाई सुरक्षाका सन्दर्भमा नियमित छलफल, अध्ययन, अनुसन्धान र अनुगमनमा जोड दिनु पर्ने विषयमा समेत सुझाव दिइएको थियो ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.