सामाजिक अभियान्ता थापाले गरे बाजुराकी रमिलाको उपचारमा २० हजार बढी सहयोग



मिन बहादुर खड्का काठमाडौं : जिल्ला बडिमालिका नगरपालिका ९ की २६ बर्षकी रमिला कुमारी विकको उपचारका लागि सामाजिक अभियान्ता हेमराज थापाले आर्थिक सहयोग गरेका छन् । उपचारका लागि २५ हजार समेत नपाएर उपचार रोकिएको खबर पाएपछि पत्रकार थापाले पत्रकार प्रकाश सिंहको समन्वयमा रु २०,५०० आर्थिक सहयोग गरेका हुन् ।

मृगौला रोगले ग्रसित रमिला आर्थिक अभावले काठमाडौंको वीर अस्पतालको शैयामा छट्पटाई रहेकी छन् । थापाले २० हजार पाँच सय सहयोग पश्चात् अहिले उनको उपचार सुरु भएको छ । रमीला अहिले आर्थिक अभावमा काठमाडौंको बिर अस्पतालको शैयामा रोग संग लडिरहेकी छन् ।

उनको उपचारमा पत्रकार प्रकाश सिंहले समन्वय गरिरहेका छन् । उनले नै सुरुमा रमिला बिर अस्पतालमा आर्थिक अभावका कारण छट्पटाइरहेको समाचार सम्प्रेषण गरेका थिए ।२५ हजार रुपैयाँ नभएर उपचार हुन नसकेको कुरा सिंहले आफ्नो सामाजिक सञ्जाल फेसवुकमा लेखेपछि थापाले आर्थिक सहयोग गरेका हुन् ।

पत्रकार सिंहले बाजुराका अन्य बिरामीहरुको उपचारका लागि पनि समन्वय गरिरहेका छन् । अहिले उनको उपचारका लागि आर्थिक सहयोग जुटाउने काम भैरहेको पत्रकार प्रकाश सिंहले बताएका छन् । आफ्नो सानो सहयोगले रमिलाको उपचारमा सहयोग पुगोस् भन्ने उदेश्यले सहयोग गरेको अभियान्ता हेमराज थापले बताएका छन् ।

२६ वर्षीय रमिला आर्थिक अभावले काठमाडौको वीर अस्पतालको शैयामा छट्पटाई रहेकी छन् । रमिला मृगौलाको समस्याले अस्पतालको शैयामा तड्पिरहेकी छन्।

अहिले उनिहरू सँग उपचार गर्न त टाढाको बिषय हो । खाना खर्च समेत नहुदा समस्यामा परेका छन् । रमिलालाई दुई बर्षदेखि कहिले वीर अस्पताल कहिले पाटन अस्पताल उपचार गरे । केही महिना यता भने वीर अस्पतालमा उपचार भइरहेको छ । उनको मृगौलामा समस्या भएको छ ।

उनको डाइलासिस र अन्य उपचार गनुपर्ने अस्पतालले जनाएको छ । सुरुमा बाथरोग देखियो । बाथरोगले बिस्तारै मृगौलामा असर गर्न थालेपछि रमिला दुई बर्षदेखि अस्पतालमा वेडमा रहेकी छन् । उनको साउन १ गतेदेखि हप्तामा दुई पटक डाईलोसिस भइरहेको छ । एक पटक डाइलासिस गरेको पनि धेरै रुपैयाँ तिर्नुपर्छ, यो त झन अब जीवनभर गरिरहनुपर्छ, साथैमा आफूसँगै छोराछारी पनि भएकाले उपचारमा समस्या भइरहेको प्रकाशले दुखेसो सुनाए ।

दुई बर्षसम्म आफन्तहरुसँग सहयोग र सापटी मागेर उपचार गर्यौ, औषधी किन्यौ तर अहिले अस्पतालले डाइलासिस गर्नपर्छ भनेपछि आफूहरुको बिचल्ली भएको छ” उनले सुनाए, अहिले उपचारका लागि श्रीमान प्रकाश विक सबै संग हार गुहार गरिरहेका छन् ।

रमिलाको उपचारमा सहयोग गरेका थापा विगत लामो समय देखी अन्याय, अत्याचार, कालोबजारी, भ्रस्टाचार, राष्ट्रको हित बिपरित हुने सन्धि सम्झौता, सरकाले जनताको हित बिपरित चालेका कदमका विरुद्ध खरो रुपमा जनताका आवाजहरु सडकबाटै बुलन्द गर्दै आएका छन् ।सडकबाट जनताका आवाजहरु बुलन्द गर्ने थापाले युवाहरुको नेतृत्व गर्दै कयौं आन्दोलनमा समेत नेतृत्वदायी भुमिका निर्वाह गरेका छन् ।

जनताका आवाज बुलन्द गर्दै सडकबाटै सरकारको ध्यानाकर्षण गराउने थापा आन्दोलनका क्रममा कयौं पटक गिरफ्तारीमा परेका छन् । सशक्त ढङ्गले जनताका आवाज बोल्ने निडर स्वभावका हेमराजका लागि प्रहरीको लाठी र प्रहरी हिरासत सामान्य बिषय जस्तै भैसकेको छ। थापा सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् । दिनदुखीहरुलाई सहयोग समेत उनले गर्दै आएका छन् ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.