काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले एक महिने कार्यतालिका सार्वजनिक गर्नु भएकाे छ ।
साेमबार आर्थिक वर्ष २०८०/०८१ काे चाैथाे त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तीय विकास समस्या समितिकाे बैठक मार्फत मन्त्रालयकाे कार्यलाई प्रभावकारी बनाउन एक महिने कार्यतालिका सार्वजनिक गर्नु भएकाे हाे । उहाँले आगामी महिनादेखि प्रत्येक बुधबार मन्त्रालयका विभागस्तरिय छलफल गर्नका लागि कार्यतालिका सार्वजनिक गर्नु भएकाे हाे ।
मन्त्रालयले बाेकेका लक्ष्य र उदेश्य हासिल गर्नका लागि युद्वस्तरमा काम गरिरहेकाे बताउनु भएकाे छ। उहाँले आगामी भदाै महिनाकाे पहिलाे बुधबार ५ गते संस्कृति महाशाखा,१२ गते पर्यटन महाशाखा,१९ गते नागरिक उड्डयन र महिनाकाे अन्तिम बुधबार संयुक्त रूपमा छलफल गर्ने गरि तयारी गर्न सचिव र महाशाखा प्रमुखलाई निर्देशन समेत दिनु भयाे । उहाँले सरकार र कर्चारीबीचकाे सम्बन्ध मार्फत मात्रै देशकाे विकास हुनेमा विश्वास व्यक्त गर्नु भयाे ।
त्यसै गरि उहाँले देश सिस्टममा नबस्दा जनताहरूले दुख पाएकाे बताउँदै सिस्टममा लैजानका लागि कर्मचारीलाई हताेतसाहित भन्दा पनि प्राेत्साशन र उत्प्रेरणा दिनु पर्नेमा जाेड दिनु भयाे । उहाँले आर्थिक अनियमितता र भ्रष्टाचारकाे अन्त्य गर्दै सुशासन स्थापना लागि काम गर्ने अठाेट समेत व्यक्त गर्नु भएकाे छ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै