काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले एक महिने कार्यतालिका सार्वजनिक गर्नु भएकाे छ ।
साेमबार आर्थिक वर्ष २०८०/०८१ काे चाैथाे त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तीय विकास समस्या समितिकाे बैठक मार्फत मन्त्रालयकाे कार्यलाई प्रभावकारी बनाउन एक महिने कार्यतालिका सार्वजनिक गर्नु भएकाे हाे । उहाँले आगामी महिनादेखि प्रत्येक बुधबार मन्त्रालयका विभागस्तरिय छलफल गर्नका लागि कार्यतालिका सार्वजनिक गर्नु भएकाे हाे ।
मन्त्रालयले बाेकेका लक्ष्य र उदेश्य हासिल गर्नका लागि युद्वस्तरमा काम गरिरहेकाे बताउनु भएकाे छ। उहाँले आगामी भदाै महिनाकाे पहिलाे बुधबार ५ गते संस्कृति महाशाखा,१२ गते पर्यटन महाशाखा,१९ गते नागरिक उड्डयन र महिनाकाे अन्तिम बुधबार संयुक्त रूपमा छलफल गर्ने गरि तयारी गर्न सचिव र महाशाखा प्रमुखलाई निर्देशन समेत दिनु भयाे । उहाँले सरकार र कर्चारीबीचकाे सम्बन्ध मार्फत मात्रै देशकाे विकास हुनेमा विश्वास व्यक्त गर्नु भयाे ।
त्यसै गरि उहाँले देश सिस्टममा नबस्दा जनताहरूले दुख पाएकाे बताउँदै सिस्टममा लैजानका लागि कर्मचारीलाई हताेतसाहित भन्दा पनि प्राेत्साशन र उत्प्रेरणा दिनु पर्नेमा जाेड दिनु भयाे । उहाँले आर्थिक अनियमितता र भ्रष्टाचारकाे अन्त्य गर्दै सुशासन स्थापना लागि काम गर्ने अठाेट समेत व्यक्त गर्नु भएकाे छ।



सम्वन्धित समाचार
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित
रीड नेपालद्वारा शैक्षिक तथा शिक्षण सिकाइ तालिम सुरु
जेनजी आन्दोलनमा भएको भौतिक क्षतिको पुनर्निर्माण गर्न ३६ अर्ब लाग्ने
काठमाडौंको गैरीगाउँस्थित काठ गोदाममा आगलागी