बाजुरा: बाजुराका दुई जना काठमाडौँमा मृत फेला परेका छन् । जिल्लाको त्रिवेणी नगरपालिका–४ घर भएका २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षीया करिष्मा सार्की मृत फेला परेका हुन् ।
काठमाडौँ महानगरपालिका–९ स्थित शम्भुमार्गमा रहेको झरना गेष्ट हाउसमा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
साउन १५ मा उनीहरू सो गेस्ट हाउसमा गएका थिए । शुक्रवार मध्यान्ह खान खानेबारे बुझ्न गेस्ट हाउसका स्टाफ जाँदा ढोका नखुलेपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् । प्रहरी आएर ढोका खोलेर हेर्दा दुबै जना मृत भेटिएका हुन् । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै