मिन बहादुर खड्का काठमाडौं : बाजुराको त्रीवेणी नगरपालिका ६ पन्धाराका खेमराज बुढा आफ्नै श्रीमतीको सहोदर बहिनी साली लिएर फरार भएका थिए। बुढा पछिल्लो केही दिन यता परिवारको सम्पर्कमा छैनन्। फोन सम्पर्कमा आए भनेपनि उल्टै गाली गर्ने र धम्की मात्रै दिने गरेका छन् ।
उनी त्रीवेणी नगरपालिकाको कार्यालयमा कार्यरत पुर्व कर्मचारी समेत हुन् । अहिले भने नगरपालिकाले उनलाई हटाईसकेको बताइएको छ । बडीमालिका नगरपालिका ५ मनाकी आफ्नै श्रीमतीको सहोदर बहिनी साली देवसरा साउदलाई भगाएर भारतको बेङ्लोर फरार भएका थिए । घरमा श्रीमती र छोराछोरी हुँदा पनि उनी आफ्नै साली लिएर फरार भएका थिए। श्रीमती पार्वती बुढाले सदरमुकाम मार्तडीमा होटेल व्यावसाय गर्दै आएकी छन् ।
२०७२ साल बैशाख १ गते पार्वती साउद र खेमराच बुढा बीच प्रेम सम्बन्ध पछि बिवाह भयो। बिवाह पछि २ छोरा छन् । जेठो छोरा अनमोल बुढा ७ वर्षका छन् भने कान्छा अर्विन ५ वर्षका छन् । खेमराज त्रीवेणी नगरपालिकाको कार्यालयमा फिल्ड सहायक पदमा कार्यरत थिए। खेमराज जागीरे भएकाले उनी मार्तडी कम आउन्थे । प्राय जसो बाहिर नै हुन्थे । बिवाह पछि मार्तडी छोराको नाममा सञ्चालन गरिएको अनमोल होटेलमा भाइ विकास साउद र बहीनी देवसरा बस्थे।
त्यहीँ होटेलमा बस्दा बस्दै साली देवसरा साउद र भिनाजु खेमराज बुढा बीच विवाह गर्ने सहमति भएको श्रीमती पार्वती बुढाको दाबी छ । २०८१ जेठ ११ गते श्रीमान खेमराज बुढा घर जान्छु भनेर सदरमुकाम मार्तडीमा रहेको होटेलबाट निस्किएका थिए। उनी घर नगएर साली देवसरालाई भगाएर काठमाडौं झरेको बताइएको छ । श्रीमती पार्वती बुढाले सुनाइन् ” मार्तडीबाट घर जान्छु भनेर जानुभयो, त्यसपछि घरमा खबर गर्दा घरमा नगएको थाहा भयि, मैले फोन गर्दा स्विचअफ भन्यो, जब उनिहरु काठमाडौं पुगेपछि बिवाह गरिसक्यौं भनेर मेरो अर्को बहिनी शान्ति साउद थापालाई जानकारी गराए, अनि मैले फेरी श्रीमानलाई फोन गरे, अनि उहाँले नै भन्नुभयो मैले दोश्रो बिवाह गरिसके, अहिले ललितपुरमा डेरा गरेर बसेको छु”
फोन सम्पर्क नभएपछि आफुले खोजीदिन भन्दै जिल्ला प्रहरी कार्यालयमा मार्तडी बाट हिँडेको दुई दिन पछि जेठ १३ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएको बुढाको भनाई छ । त्यसैको दुई दिन पछि बहिनी देवसरा र खेमराजले बहिनी शान्ति साउद थापालाई फोन गरेर जेठ १५ गते बिवाह गरिसकेको जानकारी गराए । त्यसपछि पार्वतीले समेत खेमराजलाई फोन गर्दा फोन उठाएर साली संग दोश्रो बिवाह गरेको स्वीकार गरेका थिए।
उमेर बढ्दै गएसंगै खेमराज बुढा र साली देवसरा बीच नराम्रो सम्बन्ध छ भन्ने कुरा थाहा पाएको र आफुले भन्दा आफुमाथि श्रीमानले कुट्पिट समेत गरेको श्रीमती पार्वती बुढाले बताइन् । उनले भनिन् ” कर्मचारी भएकाले बाहिरै बस्ने हुँदा श्रीमानले आफु प्रति चाँसो देखाउनु हुन्न थियो,भाई र बहिनी हाम्रै होटेलमा बस्थे, उनीहरु बीच नराम्रो सम्बन्ध छ भन्ने मैले थाहा पाएपछि मैले यस्तो किन गर्छौं भनेर भन्दा म माथि कुटपिट संगै मलाई आत्महत्या गर्न समेत बाध्य बनाएका थिए”
आफ्नै सहोदर बहिनीले आफ्नो श्रीमान संग बिवाह गरेको थाहा पाएपछि उनले श्रीमान र बहिनी बिरुवा जिल्ला प्रहरी कार्यालय बाजुरामा बहुबिवाहको मुद्धा दर्ता गराएकी छन् ।उनले घरमा श्रीमती र छोराछोरी हुँदा हुँदै अर्को बिवाह गर्ने आफ्नो श्रीमान खेमराज बुढा र आफ्नै सहोदर दिदि माथि सौता आउने बहिनी देवसरा माथि मुलुकी अपराध (संहिता ) परिच्छेद (११) को दफा १७५ अन्तरगत बहुबिवाह गर्नु नहुने बहुबिवाह कसुर गरेको हुँदा हदैसम्मको कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय बाजुरामा गत जेठ २५ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनी देश बाहिर रहेकाले पक्राउ गर्न नसकिएको र इन्टरपोल मार्फत पक्राउ गर्ने तयारी भैरहेको प्रहरीको दाबी छ ।
बहुबिवाहको मुद्धा परेको जानकारी पाउना साथ उनीहरु भागेर भारतको बेङ्लोर फरार भएको बताइएको छ । भारतको बेङ्लोर पुगेपछि देवसरा अर्कै केटा संग फरार भएको भन्दै आफ्नो श्रीमानले घर आउने भन्दै रुपैयाँ पठाई मागेको समेत पार्वतीले बताएकी छन् । श्रीमती छोडेर साली संग बिवाह गरेका उनलाई सालीले नै छोडेर अर्को केटा संग फरार भएको बताइएको छ ।
त्यसपछि उनले घर फर्किन्छु भनेर भनेको तर केही दिन यता भने परिवार कसैको सम्पर्कमा नरहेको बुढाले बताईन् । साथमा दुई छोरा छन्, श्रीमानले यस्तो अवस्थामा छोडे, ऋण छ, जिम्मेवारी छ, अहिले मेरो सबै फोन नम्बर, फेसवुक, म्यासेन्जर र whatsapp सवै ब्लक गर्नुभएको छ, प्रहरीले भारतमा रहेकाले पक्राउ गर्न नसकिने नेपाल आएपछि मात्रै पक्राउ गर्न सकिने भन्छन्” पार्वतीले आफ्नो दुखेसो पोखिन् । आफ्नै साली संगको नाजायज सम्बन्ध पछि खेमराजले श्रीमती र छोराछोरी माथि ठुलो बज्रपात गरेका छन्।
आफ्नै श्रीमतीको सहोदर बहिनी संगको प्रेमले उनलाई बनिसकेको घर भत्काउन तयार बनायो । र अन्ततः तिनै युवती देवसरा जसका लागि खेमराजले श्रीमती र छोराछोरी छोडेर उनलाई रोजेका थिए । फेरी तीनै युवती अर्कै केटा संग भारतको बेङ्लोरबाट फरार रहेको बुझिएको छ ।
सम्वन्धित समाचार
गुमनाम पार्न खोजिएको १७ वर्षीय रेजिना नेपाली बलात्कार,हत्या प्रकरण : किन बोल्दैनन् दलित अधिकारकर्मी ? प्रहरी मौन
प्रकाश थापाको “सम्झना आँउन्छ की कै लै” नामक गीत सार्वजनिक ( भिडियो सहित)
आज प्रतिनिधि सभा बैठक बस्दै,
चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सुरु
कमलपोखरीस्थित शानदार म:ममा ग्यास विस्फोट, १४ जना घाइते
काठमाडौंको एक मम पसलमा ग्याँस सिलिण्डर विस्फोट,११ जना घाइते