काठमाडौं : बाजुराको गौमुल गाउँपालिका २ मल्दुगुन स्थायी घर भएका रोशनलाल धामीलाई काठमाडौंको बिर अस्पताल उपचारका लागि पुर्याएको आज १६ दिन बढी भयो।
३३ वर्षीय धामीलाई काठमाडौंको बिर अस्पताल पुर्याएपछि उनको सल्यक्रिया गर्दा फोक्सोको क्यान्सर पुष्टि भयो। उनको ४ दिन अगाडी सल्यक्रिया गर्दा फोक्सोमा क्यान्सर रहेको अस्पतालले पुष्टि गरेको उनका मामा नाता पर्ने रण बहादुर रोकायाले बताउनुभयो । उहाँका अनुसार धामीलाई गत जेष्ठमा स्वास्थ्यमा समस्या बल्जिदै गएपछि आफन्तले उपचारका लागिसेती प्रादेशिक अस्पताल धनगढी ल्याएका थिए।
तर त्यहाँ झण्डेै १५ दिन राखेर उपचार गर्दा अस्पतालले उपचार सम्भव नहुने भन्दै अन्यत्र सुबिधा सम्पन्न अस्पताल लिन आग्रह गरेको थियो । अस्पतालले सुबिधा सम्पन्न अस्पताल लिन भनेपनि आर्थिक अभावले काठमाडौं ल्याउन नसकेर त्यतिबेला घर फर्काएको बिरामीका मामा नाता पर्ने रोकायाले बताउनु भयो । उहाँले भन्नुभयो, “पहिला नै सुबिधा सम्पन्न अस्पताल लिनुपर्ने अस्पतालले भनेको थियो, भिनाजुले पैसा नभएपछि घर फर्काउनु भयो, अहिले गाउँमा ऋण जोहो गरेर काठमाडौं आएको १५/१६ दिन भयो, अप्रेसन त भयो, अस्पतालले फोक्सोको क्यान्सर भएको छ भनेको छ, थप उपचारका लागि समस्या भयो”
आर्थिक अभावकै कारण अहिले उपचार हुन नसकेको उहाँको भनाई छ। आर्थिक जुटाउन नसके उपचार सम्भव नहुने उहाँले चिन्ता व्यक्ति गर्नुभयो ” हामी गरिब मान्छे काठमाडौंमा खर्च व्यवस्थापन गर्नै मुस्किल छ, पहिला पैसा नभएपछि घर फर्कायौँ, अहिले यता ल्याएर झन समस्या भयो” बिरामीका काका नाता पर्ने खडक धामीले सुनाउनु भयो ।
अहिले बिरामिको हेरचाह उहाँले नै गरिरहनु भएको छ । अहिले उपचारमा आर्थिक अभाव भएपछि सहयोगका लागि हारगुहार आफन्तले गरिरहेका छन् । “काहिँ कतै बाट सहयोग जुटाएर उपचार गरन सकिन्छ की भन्ने उदेश्यले सहयोग मागिरहेका छौँ, सबैले सक्दो सहयोग गरिदिनु होला” क्यान्सर रोगबाट ग्रसित ३३ वर्षीय धामीका मामा रण बहादुर रोकायाले भन्नुभयो,सबैलाई सक्दो सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो छ ।
यसैगरी अहिले जताततैबाट सहयोग जुटाउने काम भैरहेको पनि बताइएको छ । अहिले क्यान्सर रोग संग लडिरहेका लाल धामी बचाउ अभियान नै सञ्चालन गरेर सहयोग रकम जुटाउने काम भैरहेको नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश सचीव पत्रकार राजेन्द्र रोकायाले बताउनुभयो । सहयोग गर्न चाहानेहरुले आफन्तको सम्पर्क नम्बर ९८६१८६३९१० मा सम्पर्क गर्न पनि आफन्तले अपिल गरेका छन् ।
बाजुराको गौमुलका धामी त एक प्रतिनिधि पात्र मात्रै हुन् । देशभरका अधिकांश गरिब तथा बिपन्न परिवारका नागरिकले अस्पतालमा उपचारका लागि चर्को रकम तिर्न नसक्ने भएकै कारण अकालमै मृत्यु बरण गर्नुपर्ने बाध्यता छ । कयौं नागरिकले आर्थिक अभावकै कारण ज्यान गुमाईरहेका छन् ।
तर देशको नेतृत्व गरिरहेका नेताहरु भने राज्यको लगानीमा बिदेशमा गएर सुबिधा सम्पन्न अस्पतालमा उपचार गर्छन् । यसले पनि पुष्टि गर्छ की देशको सरकार गरिब बिपन्न बर्गहरुका लागि छैन भनेर । एक जना नेताको स्वास्थ्य उपचारका लागि लाखौं रुपैयाँ राज्य कोषबाट खर्च गर्दै आएका छन् भने कतिपय जनताले सितामोलको अभावमा मर्नुपर्ने अवस्था छ ।
जब सम्म राज्यले निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सक्दैन तब सम्म गरिब तथा बिपन्न परिवारका नागरिकले अकालमा ज्यान गुमाईरहेका छन् । अहिले बाजुराका कयौं विभिन्न रोगबाट ग्रसित बिरामीहरु काठमाडौंका विभिन्न अस्पतालका शैयामा आर्थिक अभावकै कारण उपचार हुन नसक्दा मृत्यु संग लडिरहेका छन् ।
नागरिकको यस्तो छट्पटी प्रती तीन वटै तहका सरकारको ध्यान देखीदैन । उसो त चुनावका बेला नेताहरुले निशुल्क शिक्षा,स्वास्थ्य सम्मका कुरा चुनावी घोषणा पत्रमा उल्लेख गरेर जनतामा भोट माग्न जान्छन् तर चुनाव जितेपछि घोषणा पत्रलाई टोकरीमा फाल्ने प्रवृत्तिकै कारण यस्तो अवस्था सिर्जना हुँदै आएको छ ।
सम्वन्धित समाचार
आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्केर पठनपाठन सुरु गर्न सर्वोच्चको आदेश
नवनियुक्त शिक्षामन्त्रीले भने : अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु
राष्ट्रिय परीक्षा बोर्डको निर्णय, कक्षा १२ को परीक्षा नरोक्ने
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
आन्दोलनरत शिक्षकका मागबारे प्रधानमन्त्री र शिक्षामन्त्रीबीच छलफल
ताप्लेजुङ घटनामा मृत्यु भएका सबैको सनाखत