काठमाडौं । सौर्य एयरलाइन्सको बुधबार भएको विमान दुर्घटनामा १९ मध्ये १८ जनाको ज्यान गयो । बाँचेका विमानका चालक मनिषराज शाक्यको अवस्था खतरामुक्त रहेको बुझिएको छ ।
स्रोतका अनुसार शाक्यलाई कन्टेनर भित्रबाट निकालिएको थियो । विमान कन्टेनरमा ठोक्किँदा अगाडिको भाग त्यसैमा अड्किएको र बाँकी भाग तल बजारिएको विमानस्थल सुरक्षा स्रोतले जानकारी दियो ।
‘हामीले क्याप्टेन शाक्यलाई कन्टेनरभित्रबाट निकालिएका हौँ’, विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीले भने ।
त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको विमान आधा मिनेट पनि नबित्दै विमानस्थलको एक छेउमा राखिएको कन्टेनरलाई धक्का दिँदै तल बजारिएको थियो ।



सम्वन्धित समाचार
नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै
विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर