काठमाडौं । सौर्य एयरलाइन्सको बुधबार भएको विमान दुर्घटनामा १९ मध्ये १८ जनाको ज्यान गयो । बाँचेका विमानका चालक मनिषराज शाक्यको अवस्था खतरामुक्त रहेको बुझिएको छ ।
स्रोतका अनुसार शाक्यलाई कन्टेनर भित्रबाट निकालिएको थियो । विमान कन्टेनरमा ठोक्किँदा अगाडिको भाग त्यसैमा अड्किएको र बाँकी भाग तल बजारिएको विमानस्थल सुरक्षा स्रोतले जानकारी दियो ।
‘हामीले क्याप्टेन शाक्यलाई कन्टेनरभित्रबाट निकालिएका हौँ’, विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीले भने ।
त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको विमान आधा मिनेट पनि नबित्दै विमानस्थलको एक छेउमा राखिएको कन्टेनरलाई धक्का दिँदै तल बजारिएको थियो ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप