काठमाडौं । गृहमन्त्री रमेश लेखकले ५ हजार रुपैयाँ घूस दिएर काम गराएको भन्ने पूर्वमन्त्री तथा सांसद् वीरेन्द्र महतोका सम्बन्धमा छानबिन गर्न निर्देशन दिएका छन् । आजको प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले व्यक्तिगत रूपमा पनि सांसद महतोसँग आफूले कुरा गरिसकेको बताए।
उनले भने, ‘मैले व्यक्तिगत रूपले त्यो कुरा सोधेर त्यो मान्छे चिनाउनको लागि सहयोग गर्न पनि आग्रह गरेको छ। प्रहरीलाई उक्त घटनाको तत्काल छानबिन गर्नको लागि आवश्यक निर्देशन दिइसकेको छ। यो विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको छ।’
पूर्वमन्त्री महतोले आइतबार सदनमा भनेका थिए, ‘हाम्रो देशमा भ्रष्टाचारले यति ठूलो जरो गाडेको छ। म भूतपूर्व मन्त्री, मैले हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा पाँच हजार घुस दिएर आएको छु।’
यही साउन ६ गतेको प्रतिनिधि सभाको बैठकमा सांसद महतोले आफूले ५ हजार रुपैयाँ घूस दिएर काम गराएको बताएका थिए ।



सम्वन्धित समाचार
नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै
विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर