काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफूले संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने कुनै काम नगरेको बताएकी छन् ।
डेढ वर्ष अगाडि एउटा एनजीओको कार्यक्रममा अमेरिका जाने क्रममा अन्य व्यक्तिहरूलाई समेत लैजान खोजेको र त्यसका लागि अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि रानामाथि प्रश्न उठेको छ ।
आफूसँगै एउटै कार्यक्रममा सहभागी हुन निमन्त्रणा आएको र उक्त कार्यक्रममा आफ्नो सहयोगीसमेत भइदिने हुँदा अन्तरवार्तँका लागि मिति लिइदिनु अनुरोध गरेपछि आफूले सो पत्र लेखेको उनको भनाइ छ ।
‘मैले नेपालस्थित अमेरिकी राजदूतावासलाई अन्तर्वार्ताको मिति राखिदिन अनुरोधमात्र गरेको थिएँ । कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रियाबमोजिम नै गर्ने हून्छ । मैले कसैको भिसाका लागि अनुरोध गरेको छैन,’ उनले भनेकी छन् ।
उठेका प्रश्नहरूका सम्बन्धमा विज्ञप्ति निकालेर उपसभामुख रानाले पदको गरिमामा आँच आउने काम नगरेको बताएकी हुन् ।
हेर्नुस् उपसभामुख रानाले निकालेको विज्ञप्ति




सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप