काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफूले संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने कुनै काम नगरेको बताएकी छन् ।
डेढ वर्ष अगाडि एउटा एनजीओको कार्यक्रममा अमेरिका जाने क्रममा अन्य व्यक्तिहरूलाई समेत लैजान खोजेको र त्यसका लागि अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि रानामाथि प्रश्न उठेको छ ।
आफूसँगै एउटै कार्यक्रममा सहभागी हुन निमन्त्रणा आएको र उक्त कार्यक्रममा आफ्नो सहयोगीसमेत भइदिने हुँदा अन्तरवार्तँका लागि मिति लिइदिनु अनुरोध गरेपछि आफूले सो पत्र लेखेको उनको भनाइ छ ।
‘मैले नेपालस्थित अमेरिकी राजदूतावासलाई अन्तर्वार्ताको मिति राखिदिन अनुरोधमात्र गरेको थिएँ । कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रियाबमोजिम नै गर्ने हून्छ । मैले कसैको भिसाका लागि अनुरोध गरेको छैन,’ उनले भनेकी छन् ।
उठेका प्रश्नहरूका सम्बन्धमा विज्ञप्ति निकालेर उपसभामुख रानाले पदको गरिमामा आँच आउने काम नगरेको बताएकी हुन् ।
हेर्नुस् उपसभामुख रानाले निकालेको विज्ञप्ति




सम्वन्धित समाचार
नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै
विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर