मिन बहादुर खड्का काठमाडौं : बाजुरामा करेन्ट लागेर एक बालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको बुढीनन्दा नगरपालिका -३- सिराडीका कर्णबिर ल्वारका ११ वर्षीय छोरा टेकेन्द्र वि.क रहेका छन् ।
बुधबार दिउँसो करिब १ बजे घरबाट जनावर (गाईबस्तु) लिएर जङ्गल निस्किएका उनलाई घर नजिकै करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सिमगार्ड जलविद्युतको तारहरु जथाभावी छोडेका करण उनलाई करेन्ट लागेको आफन्त राम बहादुर ल्वारले बताएका छन् । उनका अनुसार उनलाई घाइते भएपछि सुरुमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र उपचारका लागि लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि अस्पतालले सुबिधा सम्पन्न अस्पताल लैजान भनेको थियो । अस्पतालले करेन्ट लागेपछि उपचार हुने अस्पताल लिन भनेपनि यो नै अस्पताल लिन नभनेको आफ्न्तहरु बताउन्छन् । आफुहरुले काठमाडौंमा उपचार हुन्छ भन्ने सुनेपछि काठमाडौं लिने तयारी गरेको उनको भनाई छ ।
गाउँपालिकाको एम्बुलेन्स बीच बाटो सम्म छोडेर फर्कियो :
बुधबार कोल्टी प्राथमिक अस्पतालबाट पिलिचौर सम्म जिपमा लगेको र त्यहाँबाट जगन्नाथ गाउँपालिकाको एम्बुलेन्स मार्फत नेपालगञ्ज पुर्याईएको थियो । त्यहाँ पनि उपचार सम्भाव नभएपछि उनलाई काठमाडौं ल्याउने तयारी भैरहेको छ । जगन्नाथ गाउँपालिकाको एम्बुलेन्स नेपालगञ्ज अस्पताल छोडेर फर्किएपछि अहिले करेन्ट लागेर गम्भीर घाइते भएका ११ वर्षीय बालक र उनका आफ्न्तहरु अलपत्र परेका छन् ।
त्यहाँ भेरी अस्पतालमा देखाउदा पनि उपचार सम्भव नहुने भन्दै अन्यत्र लैजान अस्पतालले भनेपनि काठमाडौं ल्याउन नसकेको करेन्ट लागेर घाइते भएका टेकेन्द्रका आफन्त काका नाता पर्ने राम बहादुर ल्वारले बताएका छन् ।
करेन्ट कसरी लाग्यो ?यस्तो बताउन्छन् आफन्त, सिमगार्ड जलविद्युतको च्रम लापरबाही :
अन्य बेला दिउँसो बत्ति नआउने भएपनि बुधबार दिउँसो भने बिना जानकारी नै विद्युत छोडेको आफन्त राम बहादुर ल्वारले बताएका छन् । उनले भने ” अरु बेला दिउँसो बत्ति बल्दैन थिए, रातमा पनि राम्रो संग आउँदैनन्, तर बुधबार भने दिउँसो बत्ती छोडे, तारहरु नजिकै छन्, बच्चाहरुले दिउँसो तिर त्यहीँ तारमा झुन्डिएर खेल्ने गरेका छन् ”
तर यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रबिन्द्र सिंह कार्कीले भने भुईमा लाइन जथाभावी नभएको तर बच्चाहरु पुग्ने गरी लाइनहरु होचो भएकाले बच्चाहरु बत्ती नआएको समयमा खेल्ने गरेकाले करेन्ट लागेको बताउन्छन् । बच्चाहरुले खेल्नेगरी विद्युतको लाइनहरु जथाभावी छाड्नु भने सिमगार्ड जलविद्युत आयोजनाले च्रम लापरबाही गरेको देखिन्छ ।
एउटा ११ वर्ष बालकले तारमा झुण्डिएर खेल्न सक्ने गरी जथाभावी विद्युतीय लाइनहरु छोड्नु सम्बन्धित सरोकारवाला निकायको कमजोरी देखिन्छ ।अन्य बेला दिउँसो बत्ति नबल्ने गरेकाले बुधबार एक्कासि बिना जानकारी बत्ति छोड्नु पनि अर्को लापरबाही रहेको आफन्तको दाबी छ । अहिले बिरामीको अवस्था गम्भीर रहेको भएपनि उ उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन सकिएको छैन ।
आफन्त राम बहादुर ल्वारले भने, ” हामीले यसरी बिना जानकारी किन बत्ति छोडेको हामी प्रहरीलाई उजुरी गर्छौं भन्दा, उपचारको सबै व्यवस्था हामी गर्छौं भनेर वडा अध्यक्ष जङ्गबिर रोकायाले भन्नुभयो, जगन्नाथको एम्बुलेन्समा यताबाट लगियो, त्यो एम्बुलेन्सले नेपालगञ्ज सम्म मात्रै छोडेर एकछिन आउन्छु भनेर फर्कियो, अहिले नेपालगञ्जमै अलपत्र छन्, त्यहाँबाट काठमाडौं पुग्न ८० हजार भन्यो भनेर भनेका छन् हामी गरिब मान्छे, कहाँबाट पैसा ल्याउने?
अहिले आफु वडा कार्यालयमै आएर वडा अध्यक्षलाई भनेको भएपनि अर्को व्यवस्था गर्छौं भनेर आनकानी गरेको ल्वार बताउन्छन् । करेन्ट लागेर घाइते भएका बालक उपचार अभावमा छटपटाइरहेका छन् । आर्थिक अभावकै कारण अहिले काठमाडौं ल्याउन नसकिएको बुझिएको छ ।
यता यो बिषयम बुढीनन्दा नगरपालिकाका नगर प्रमुखलाई सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेको छैन । यो बिषयमा वडा अध्यक्ष जङ्गबिर रोकायालाई बुझ्दा एम्बुलेन्स नेपालञ्ज सम्मका लागि मात्रै पठाएको दाबी गरेका छन् । त्यहाँबाट उनीहरुले प्लेनमा जान्छु भनेपछि नै एम्बुलेन्स फर्किएको उनले जिकिर गरेका छन् । अहिले अर्को एम्बुलेन्सको व्यवस्था गरेर काठमाडौं पठाइसकेको उनको दाबी छ ।
सम्वन्धित समाचार
हिउँदे अधिवेशनमा मन्त्रालयसँग सम्बन्धी विधेयकहरु प्रस्तुत हुने छन्ः मन्त्री पाण्डे
आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
प्रधान्यायाधीशमा प्रकाशमान सिंहको नाम सिफारिस
दुर्घटना छानविन र हवाई उड्डयनमा सेवा प्रदाय र नियामक निकाय छुट्याउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसक्योः मन्त्री पाण्डे
नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन
६० औँ बाल दिवस विशेष : वक्तृत्वकलामा विनिता र निबन्ध लेखनमा हस्तीमाया प्रथम