काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने भएका छन् । सत्तापक्षका मुख्य सचेतक महेश बर्ताैलाले दिएको जानकारी अनुसार ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने निर्णय भएको हो ।
ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएर भोलिपल्ट सपथग्रहण गरेका थिए । संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । प्रधानमन्त्री ओली विश्वासको मत लिइहाल्ने सोचमा रहेको स्रोतको भनाइ छ ।
आज केही मन्त्री र सत्तापक्षका सचेतकहरुसँग ओलीले छलफल गरेपछि विश्वासको मत लिने तय भएको हो ।
प्रधानमन्त्रीले ६ गते संसदबाट देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम पनि छ । सोही दिन प्रधानमन्त्रीको नियुक्ती प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सुनवाइ पनि हुँदैछ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै