मन्त्री पाण्डेले भने,भेट्न आउँदा खादामाला नल्याउनुहाेला



काठमाडौँ : काठमाडौ-नवनियुक्त संस्कृति पर्यटन तथा तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफूलाई भेट्न आउने शुभेच्छुकहरूलाई खादा माला नल्याउन अनुराेध गरेका छन्।

मन्त्री पाण्डेले सामाजिक सञ्जाल फेसबुक मार्फत मतदाता,शुभेच्छुकहरू प्रति कृतज्ञता प्रकट गर्दै उक्त कुरा उल्लेख गरेका हुन्।उनले भनेका छन,गृह जिल्ला बाजुराका मतदाता र देश विदेशमा बस्नुहुने सम्पूर्ण शुभचिन्तकहरूकाे अमुल्य याेगदान प्रति कृतज्ञ छु।

साथै मलाई विभिन्न माध्यमबाट बधाई तथम शुभकामना व्यक्त गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दै आजबाट प्रत्यक्ष,बधाई तथा शुभकामनाकाे क्रममा फुल,माला तथा खादाकाे प्रयाेग नगरिदिन अनुराेध छ। मन्त्री पाण्डेले पर्यटनका क्षेत्रमा काम सकारात्मक सुझावकाे समेत अपेक्षा गरेका छन्।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.