काठमाडौँ : काठमाडौ-नवनियुक्त संस्कृति पर्यटन तथा तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफूलाई भेट्न आउने शुभेच्छुकहरूलाई खादा माला नल्याउन अनुराेध गरेका छन्।
मन्त्री पाण्डेले सामाजिक सञ्जाल फेसबुक मार्फत मतदाता,शुभेच्छुकहरू प्रति कृतज्ञता प्रकट गर्दै उक्त कुरा उल्लेख गरेका हुन्।उनले भनेका छन,गृह जिल्ला बाजुराका मतदाता र देश विदेशमा बस्नुहुने सम्पूर्ण शुभचिन्तकहरूकाे अमुल्य याेगदान प्रति कृतज्ञ छु।
साथै मलाई विभिन्न माध्यमबाट बधाई तथम शुभकामना व्यक्त गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दै आजबाट प्रत्यक्ष,बधाई तथा शुभकामनाकाे क्रममा फुल,माला तथा खादाकाे प्रयाेग नगरिदिन अनुराेध छ। मन्त्री पाण्डेले पर्यटनका क्षेत्रमा काम सकारात्मक सुझावकाे समेत अपेक्षा गरेका छन्।




सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै