मिन बहादुर खड्का काठमाडौं : सोमबार नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रुपमा नियुक्त भैई मन्त्रालयको जिम्मेवारी समालेका बद्री प्रसाद पाण्डेले काम नगरे सम्म आजका मितीबाट खादा माला नलगाउने घोषणा गरेका छन् ।
मन्त्रीमा नियुक्त भैई सपथ लिएर पदभार ग्रहण गरे संगै मन्त्री पाण्डेले आफ्नो सामाजिक सञ्जाल फेसवुक एप्समा एक स्टार्टस लेख्दै काम नगरेर खादा माला नलगाउने घोषणा गरेका हुन् । निर्वाचित गरेर प्रतिनिधि सभामा पठाउने बाजुरा वासी मतदातालाई धन्यवाद ज्ञापन गर्दै पाण्डेले आफुले पाएको मन्त्रालयको जिम्मेवारी पुरा गर्ने बताएका छन् ।
आफ्नो सफलताको पछाडी अमुल्य मतदान गरेर निर्वाचित गराउने मतदाताहरुको योगदान रहेको बताउदै उनले सबैको सुझाव सल्लाहलाई ग्रहण गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी समालिरहदा आफ्नो कार्यकालमा उपलब्धिमूलक काम गरेर मात्रै बाहिरीने दाबी समेत गरेका छन् । नेपालको पर्यटन क्षेत्रमा उल्लेख्य परिवर्तनका निमित्त महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने र त्यसका लागि आवस्यक सुझाव सल्लाह सबैबाट लिने पाण्डेको भनाई छ ।
पछिल्लो समयमा जनतामा छाउदै गरेको निराशालाई आशामा परिणत गर्न सक्ने जति सबै प्रयास गर्ने पाण्डेले बताएका छन् । यो संगै उनले नेपाली जनतामा छौउदै गएको च्रम बितृष्णालाई चिर्नका लागि आफु निष्ठा पुर्वक जिम्मेवारी पुरा गर्ने उनले बताएका छन् ।
यो संगै पाण्डेले एक भिडियो सन्देश मार्फत भनेका छन् ” मुलुकको हित, समृद्धि र विकासमा मुलुकलाई अगाडी बढाउन, युवा पुस्ताका बीचमा रोजगारीको सिर्जना गर्न,मैले आफुले जिम्मेवारी समालिरहदा म निष्ठापुर्वक गर्नेछु, म यो मन्त्रालयबाट बाहिरिदै गर्दा केही नयाँ र फरक काम गरेर मात्रै बाहिरिनेछु जसले नागरिकको जीवनमा सकारात्मक परिवर्तन आउन सकोस् ” यो संगै पाँण्डेले महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिन आआफ्नो ठाउँबाट सहयोग गर्ने पार्टीका नेता कार्यकर्तालाई धन्यवाद समेत दिएका छन् ।
बाजुराबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् कांग्रेस सहमहामन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रभावसाली नेता बद्री प्रसाद पाण्डे नागरिक उड्डयन तथा पर्यटन मन्त्रीमा सोमबार नियुक्त भएका हुन् । एमाले कांग्रेस बीच सत्ता सहकार्य गर्ने सहमति भएर नयाँ सरकार बने संगै पाण्डे पहिलो पटक मन्त्री बनेका छन् ।
२०७९ को प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा बाजुराबाट एमालेको बिरासत भत्काउदै बलिया उम्मेदवार कर्ण बहादुर थापालाई भारी मतका साथ पराजित गर्दै पाण्डे निर्वाचित भएका थिएन । पाण्डे आफ्नो राजनिती जीवनमा पहिलो पटक मन्त्री बन्न सफल भएका हुन् । यस अघि समानुपातिक बाट सांसद बनेपनि प्रत्यक्ष निर्वाचन नलडेका पाण्डे २०७९ को निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित भएका थिए। पाण्डेका लागि बाजुरा बदल्ने र गरीबी अभाव भोकमरी र व्यरोजगारी लगायतका यावत समस्याहरुले गुज्रीरहेको बाजुरालाई विकासमा नयाँ परिचय दिने र अफु स्थापित हुने अवसर पनि जुरेको छ। पाण्डेका लागि यो अवसर मात्रै नभैई चुनौती पनि हो।
यस्तो छ उनले लेखेको स्टार्टस :
हिजो मिति २०८१ असार ३१ गतेदेखि नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी प्राप्त गरेको छु।यो जिम्मेवारी प्राप्त गरिरहंदा गृहजिल्ला बाजुराका आमा बुवा, दाजुभाई तथा दिदीबहिनीका साथै स्वदेश तथा विदेशमा रहनुहुने सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको शुभेच्छा तथा अमूल्य योगदान प्रति कृतज्ञ छु।साथै बिभिन्न माध्यमबाट मलाई बधाई तथा शुभकामना व्यक्त गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दै आजबाट प्रत्यक्ष बधाई तथा शुभकामनाको क्रममा फूल, माला तथा खादाको प्रयोग नगरिदिनहुन समेत विनम्र अनुरोध गर्दछु।तपाईको बधाई तथा शुभकामनाको मधुर वाणीलाई नै विशेष स्वागत,सम्मान र शुभेच्छाको रुपमा स्वीकार गर्नेछु।धन्यवाद! जय नेपाल।
सम्वन्धित समाचार
आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्केर पठनपाठन सुरु गर्न सर्वोच्चको आदेश
नवनियुक्त शिक्षामन्त्रीले भने : अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु
राष्ट्रिय परीक्षा बोर्डको निर्णय, कक्षा १२ को परीक्षा नरोक्ने
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
आन्दोलनरत शिक्षकका मागबारे प्रधानमन्त्री र शिक्षामन्त्रीबीच छलफल
ताप्लेजुङ घटनामा मृत्यु भएका सबैको सनाखत