मिन बहादुर खड्का काठमाडौं :बाजुराबाट निर्वाचित प्रतिनिधि सभा सदस्य बद्री प्रसाद पाण्डे संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका छन् । एमाले कांग्रेस बीच सत्ता सहकार्य गर्ने सहमति भएर नयाँ सरकार बने संगै पाण्डे पहिलो पटक मन्त्री बनेका हुन् । २०७९ को प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा बाजुराबाट भारी मतका साथ बिजयी भएका पाण्डे आफ्नो राजनिती जीवनमा पहिलो पटक मन्त्री बन्न सफल भएका हुन् । यस अघि समानुपातिक बाट सांसद बनेपनि प्रत्यक्ष निर्वाचन नलडेका पाण्डे २०८९ को निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका पाण्डे विकट जिल्ला बाजुराबाट निर्वाचित सांसद हुन् । यसअघि पाण्डेले संविधानसभा सदस्य र राष्ट्रिय सभा सदस्यका रुपमा समेत काम गरिसकेका पाण्डे तेस्रोपटक संसदमा प्रतिनिधित्व गरिरहेका छन् ।
कांग्रेसका सहमहामन्त्री रहेका पाण्डे ३ पटक सांसद भइसकेपनि अहिलेसम्म मन्त्री बन्न सकेका थिएनन् । यतिबेला पाण्डे मन्त्री बन्ने अपेक्षा धेरैको थियो । राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने नेताका रूपमा पाण्डे परिचीत छन् । बाजुराको आसा अनि भरोसाको केन्द्र मानिने पाण्डेले आफु काम गर्ने ठाउँमा नपुगेको गुनासो गर्दै आएका थिए । अब भने उनका लागि काम गरेर घाम झै छर्लङ्ग पार्ने अवसर जुरेको छ । उसो त पाण्डेले पार्टीभित्र मन्त्री नबनाइएकोमा कहिल्यै सार्वजनिक रुपमा गुनासो गर्नेमा पर्दैनन् ।
निष्ठाको राजनीति गर्ने पाण्डेलाई यतिबेला भने न्याय गरेको भन्दै उनका समर्थकहरुले बधाई दिईरहेका छन् । यो अवसरलाई सहि सदुपयोग गर्नुपर्ने सुझाव समेत दिईरहेका छन् । पाण्डेको काँधमा यसले थप जिम्मेवारी बोध गराउने देखिन्छ । पार्टीले जनतामा राम्रो छाप छाड्न पनि पाण्डेजस्ता निष्ठावान नेतालाई यसपटक सरकारमा पठाउनुपर्ने धेरैको माग थियो ।
बाजुरा जिल्ला कम्युनिष्ट पार्टीको गढ नै थियो । पाण्डेलाई कांग्रेसले उम्मेदवार बनाउँदा जित्ने आशा कमैले गरेको बाजुराका कांग्रेस नेताहरुनै बताउँछन् । बलियो उम्मेदवार कर्ण बहादुर थापालाई भारी मतले पराजित गर्दै पाण्डे बिजयी भएका थिए । पाण्डेको सादगी शैली र सैद्धान्तिक, वैचारिक प्रष्टताका कारण बाजुराका जनताले एक पटक बिश्वास गरेर निर्वाचित गराएका हुन् ।
नेविसंघको राजनीतिबाट उदाएका पाण्डे पार्टीको केन्द्रीय सदस्य, पार्टीको सहमहामन्त्री हुँदै नागरिकक उड्डयन तथा पर्यटन मन्त्री बन्न सफल भएका छन् ।
पिछडिएको क्षेत्रको पनि प्रतिनिधित्व हुने र सरकारमा रहेर काम पनि गरेर देखाउनसक्ने निष्कलंकित छवि पनि भएकाले पाण्डे यसपटक मन्त्री बन्ने चर्चा भैरहेको थियो । यसबीच कांग्रेसले कम्युनिष्ट गढ भत्काएर उदाएका निष्ठावान् नेतालाई मन्त्री बनाएर न्याय गरेको भन्दै अहिले उनलाई बधाई दिनेको ओइरो नै लागेको छ ।
सम्वन्धित समाचार
सरकारी कर्मचारीलाई पेन्सन बन्द, साउनदेखि योगदानमा आधारित
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने कुरामा विपक्षी दलहरू एक ठाउँमा
भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त
खप्तड छान्नामा एकदिने आँखा शिविर सञ्चालन
अनेरास्ववियुको नेतृत्व चुन्न मतदान आज , कडरिया र पौडेल प्यानलसहित प्रतिस्पर्धामा