मिन बहादुर खड्का काठमाडौं : बाजुराको बडीमालिका नगरपालिकाले गत असार २१ गते गोदाम व्यवस्थापक सहायक पदका लागि बिज्ञापन गर्यो । त्यसको ९ दिनपछि असार ३० आज (आइतबार ) लिखित, कम्प्युटर सिप परिक्षण र अन्तरवार्ताको मिति तोकियो । तोकिएको मिती अनुसार आज परिक्षा पनि भयो। जब लिखित परिक्षा सकिएपछि परिक्षार्थीलाई कम्प्युटर सिप परिक्षणका लागि कम्प्युटर हातहातमा कम्प्युटर थमाईयो तब एक परिक्षार्थीले आफुले दिइरहेको परिक्षाको अन्तिम नतिजा प्रकाशनका लागि तयार पारेको पत्र भेटे।
जुन पत्रमा रोल न. ००७ नाम बिमला कुमारी रावल नाम गरेकी परिक्षार्थीको नाम सिफारिस गरिएको उक्त पत्रको फोटो समेत उनले कैद गरे। “लिखित परिक्षा मात्रै सकेर कम्प्युटर सिप परिक्षणका लागि गयौं, कम्प्युटर दिइयो, अनि खोलेर हेर्दा अन्तिम नतिजा त अगाडी नै तयार भैसकेको रहेछ” ती परिक्षार्थीले आफ्नो नाम नखुलाउने सर्तमा बताएका छन् ।
कसरी अगाडी नै अन्तिम नतिजा तयार भयो ?भनेर आफु अचम्मित भएको उनको भनाई छ। आफु निकटका नातेदारलाई जागीर खुवाउन अगाडी नै सिफारिस गरिसकेको उनले आरोप लगाएका छन् । “यस अघि पनि परिक्षा लिएपनि आफ्ना मान्छे सिफारिस गरिहाल्छन् भन्ने सुनेको थिए, तर आज साच्चिकै हो रैछ, भन्ने लाग्यो। यदि आफ्नालाई राख्नु नै छ भने किन बिज्ञापन खोल्नुपर्यो ? किन परिक्षा गर्नुपर्यो ?ती परिक्षार्थीको प्रश्न छ”
उसो त पछिल्लो समयमा बडीमालिका नगरपालिका मात्रै होईन अन्य स्थानीय तहले पनि प्रक्रिया पुर्याउन मात्रै बिज्ञापन गर्ने अनि परिक्षा लिने तर सिफारिस भने आफु अनुकूलका व्यक्ति नै गर्ने गरेको आरोप छ । स्वयंम परिक्षामा सहभागी भएकाहरु नै यस्तो गुनासो गर्छन् । बडीमालिका नगरपालिका पनि यसबाट अछुतो नहुनु कुनै नौलो कुरा भने होइन ।
यस अघि नगरपालिकाले विभिन्न पदका लागि लिएका परिक्षामा पनि आफु निकटका व्यक्तिहरु सिफारिस गरेको भनेर समय समयमा आलोचना हुँदै आएको छ । यो बिषयमा यता बडीमालिका नगरपालिका कार्यालय श्रोतले भने अन्तिम नतिजा आउन बाँकी रहेको दाबी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ले नतिजा साँझ ५ बजेपछि मात्रै आउने बताएका छन् ।
तर अन्तिम नतिजा प्रकाशनका लागि तयार भएको पत्र भने सार्वजनिक भईसकेको छ । प्रमुख प्रशासकीय अधिकृत बम बहादुर के.शीका अनुसार ७ जनाले आवेदन दिएकोमा ६ जना परिक्षार्थी लिखित परिक्षामा सहभागी भएका थिए। लिखित परिक्षा आज बिहान गरिएकोमा ३ जना छ्नोट भएका हुन् । त्यसपछि कम्प्युटर सिप परिक्षण गरिएको र अन्तिम नतिजा प्रकाशन गर्ने तयारी भैईरहेको प्रमुख प्रशासकीय अधिकृत केसीले बताएका छन् ।
नतिजा साँझ पाँच बजेपछि प्रकाशन गर्ने भनिएपनि अन्तिम नतिजा प्रकाशनका लागि तयार पारिएको पत्र भने फेला परेको छ । यद्यपि नतिजा सार्वजनिक हुन बाँकी छ। यो पत्रमा सिफारिस गरिएका परिक्षार्थीकै नाममा अन्तिम नतिजा आउने वा अन्य व्यक्ति नै छनोट हुने भन्ने कुरा भने हेर्न बाँकी नै छ ।
यो हेर्नुहोस्




सम्वन्धित समाचार
“विद्यालय रूपान्तरणतर्फ बागमतीको कदम : १५० शिक्षकलाई बालमैत्री प्रशिक्षण”
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’को अपिल
धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन परियोजना बनाउन संयुक्त समिति गठन हुने
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’