काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।
आज बसेको पार्टी संसदीय दलको बैठकले सबै सांसदहरूलाई संसदमा उपस्थित भएर विश्वासको मत दिन ह्विप जारी गरेको हो ।यस्तै आज नै पार्टी सभापति रवि लामिछानेले सदनमा सम्बोधन गर्ने तय भएको छ ।
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदैछन् । प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि आह्वान गरिएको छ ।नेकपा एमालेले कांग्रेससँग मिलेर नयाँ समीकरण बनाएसँगै प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै