मिन बहादुर खड्का काठमाडौं : आफुलाई मेडिकल व्यावसायि बताउने सामाजिक अभियान्ता दुर्गा प्रसाईले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न करोडौंको डिल गरिरहेको आरोप लगाएका छन् । पटक-पटक एमाले अध्यक्ष ओली मात्रै नभैई सिङ्गो एमाले विरुद्ध खनिएर अभिव्यक्ति दिने ओली प्रसाईले आफ्नो सामाजिक सञ्जाल फेसवुकमा स्टार्टस लेख्दै यस्तो आरोप लगाएका हुन् ।
संविधानको धारा ७६ को (३) अनुसार कांग्रेस सभापति शेर बहादुर देउवालाई राष्ट्रपतीले प्रधानमन्त्री नियुक्त गर्न सक्ने कुराले तनाबमा रहेका ओलीले साना दलहरु संग एमालेलाई संसदको ठुलो दल बनाउन करोडौंको बार्गेनिङ गरिरहेको निराधार आरोप लगाएका छन्। उनले लेखेका छन् ।
७६ (३) को सरकार शेरबहादुर देउवाको नेतृत्वमा बन्नेभएपछि तर्सिएका केपी ओली नेकपा एमालेलाई संसदको पहिलो दल बनाउन अशोक राईको जसपाका सांसद सहित समाजवादीका प्रेम आले र किसान श्रेष्ठ गरि थप दुई समाजवादीकै सांसदलाई करोडौंमा डिल गरेर प्रधानमन्त्रीको कुर्सी ताक्दै छन् ।
यो हो उनले लेखेको स्टार्टस

बिश्वासको मत नपाएपनि त्यसपछि गठन हुने सरकार संविधानको धारा ७६ को (२) अनुसार हुने हो!किनकी हालका प्रधानमन्त्री प्रचण्ड धारा ७६ को (२) अनुसार प्रधानमन्त्री बनेका हुन। ओली प्रधानमन्त्री बन्न धारा दुईमै फर्किनुपर्छ त्यसो गर्दा संविधान बिपरित हुन्छ । धारा ७३ को (३) अनुसार देउवालाई संसदको ठुलो दलको संसदीय दलको नेतालाई राष्ट्रपतीले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
यतिबेला एमाले कांग्रेस मिलेर संविधान नै कुल्चिन खोजेको आरोप समेत लागिरहेको छ। यता एमाले कांग्रेस बीच उपधारा (२) अनुसार नै सरकार गठन गर्ने सहमति भैसकेको छ। यसो गर्दा संविधानको नै कु गरेको सरह हुने टिकाटिप्पणी भैरहेका छन् । यो बिषयमामा संविधान विद, कानुन व्यावसायि, राजनीति बिश्लेषक बीच नै मत बाँझिएको छ। धारा ७६(२) अनुसार सरकार गठन गर्ने वा (३) अनुसार गर्ने भन्ने कुरा यद्यपि यो बिषय राष्ट्रपतीमा निर्भर हुने टिप्पणी पनि भैरहेका छन् ।
राष्ट्रपतीले विवेक सम्मत दल भन्दा माथि उठेर निर्णय लिएमा ओलीको तत्काल प्रधानमन्त्री बन्ने योजनामा ब्रेक लाग्ने छ।संविधान अनुसार कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने ढोका खुला भएको छ । तर राष्ट्रपतीले पनि विवेक गुमाएको खण्डमा भने ओली प्रधानमन्त्री बन्नेछन् ।
प्रधानमन्त्री प्रचण्डले धोका दिएका ओलीलाई तत्काल प्रधानमन्त्री हुन बाट रोक्नका लागि नै राजिनामा नदिएर बिश्वासको मत लिन खोजेका हुन् । प्रधानमन्त्रीले बिश्वासको मत लिईसकेपछि मात्रै नयाँ सरासर गठन प्रक्रिया अगाडी बढ्ने छ ।



सम्वन्धित समाचार
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’को अपिल
धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन परियोजना बनाउन संयुक्त समिति गठन हुने
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य