मिन बहादुर खड्का काठमाडौं : बाजुराकी एक ३६ वर्षीय महिला सम्पर्क बिहिन् भएकी छन् । हाल परिवार र आफन्तको सम्पर्कमा नरहेकी ती महिला बुढीगंगा नगरपालिका ४ की हिरा देवी खडायत रहेकी छन् ।
खडायत असार १९ गतिदेखि सम्पर्क बिहिन भएको पारिवारिक श्रोतले जनाएको छ । श्रीमान कर बहादुर खडायत रोजगारीको सिलसिलामा भारत जाने गरेका छन् । भारतमा ज्याला मजदुरी गरेर परिवार पाल्ने खडायत भारतमै थिए। पारिवारिक श्रोतका अनुसार उनी कहाँ गएकी हुन् भन्ने कुरा कसैलाई जानकारी नभएको बताइएको छ ।
अहिले श्रीमती बेपत्ता भएको खबर पछि श्रीमान घर फर्किसकेका छन् । उनका एक छोरा र दुउइ छोरी गरी तीन छोराछोरी छन् । छोराछोरी घरमै छोडेर ती महिला सम्पर्क बिहिन् भएकी हुन् । श्रीमानले छोराछोरी श्रीमतीको साथमा छोडेर यस अघि पनि भारत जाने गरेका थिए। उनको नाता गोता इष्टमित्र छरछिमेक सबैठाउँ खबर गर्दा पनि काँही कतै सम्पर्कमा नआएको उनका श्रीमान कर बहादुर खडायतले बताएका छन् ।
कोही कसैले भेटाएमा आफन्तको सम्पर्क नम्बर कतै फेला पारेमा ९७०७८६७०५६ र ९८५१०७०११२ मा खबर गरि सहयोग गरिदिन आफन्तले अपिल गरेका छन् । बाजुराका अधिकांस युवाहरु रोजगारीका लागि भारत जाने गरेका छन् । कतिपय त सपरिवार सहित भारतमै बस्ने गर्छन् । रोजगारीको सिलसिलामा भारत लगायतका बिदेशी मुलुकमा जाने नेपाली युवकहरुका श्रीमतीहरु श्रीमान बिदेशबाट नफर्किदै अर्कै केटा संग फरार हुने गरेका घटनाहरु समय समयमा सार्वजनिक भैरहन्छन् ।
अहिले छोराछोरी छोडेर सम्पर्क बिहिन् रहेकी हिरा देवी खडायत पनि अर्को बिहे गरेर फरार भएको हुन सक्ने अनुमान आफन्तको छ । यद्यपि उनी बिहे गरेर नै सम्पर्क बिहिन् भएकी हुन् भन्ने कुरा भने खेलेको छैन । यस्तो हुनसक्ने आशंका आफन्तको छ ।



सम्वन्धित समाचार
प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि उपत्यकाबाहिर एलपी ग्यास भरिँदै
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिँदै
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने