काठमाडौं : माओवादी सांसद माधव सापकोटाले गिरिबन्धु टी स्टेट र बेचन झा पक्राउ प्रकरणले आत्तिएर मिलेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै माओवादी सांसद सापकोटाले दुई ठूला दल मिलेर राजनीतिक स्थिरता दिन खोजिएको भन्ने दाबी गलत रहेको जिकिर पनि गरेका छन् । भन्दै सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक गर्न चुनौती दिएको छ । दुई दलबीच भएको भनिएको सम्झौता अपारदर्शी र अनैतिक रहेको बताए ।
सांसद सापकोटाले भने, ‘संसदको पहिलो र दोस्रो दलबीच एउटा व्यक्तिको घरमा के सम्झौता भयो । दिनभरी प्रधानमन्त्रीसँग बसेर स्वर्ग गए पनि नर्क गए पनि सँगै जाउँला भन्ने अर्कोतिर आफ्नो नेतालाई ललितपुरमा सम्झौताको मस्यौदा गर्न लगाउने रु मध्यरातमा अमूक व्यक्तिको घरमा के सम्झौता भयो रु सार्वजनिक गर्न किन सकिनरहनु भएको छैन । यतिका दिनसम्म गुपचुप राख्नुपर्ने भय के हो रु यदि हिम्मत छ भने औपचारिक हस्ताक्षर गरेर सम्झौता सार्वजनिक गर्नुस् ।’



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै