काठमाडौं : माओवादी सांसद माधव सापकोटाले गिरिबन्धु टी स्टेट र बेचन झा पक्राउ प्रकरणले आत्तिएर मिलेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै माओवादी सांसद सापकोटाले दुई ठूला दल मिलेर राजनीतिक स्थिरता दिन खोजिएको भन्ने दाबी गलत रहेको जिकिर पनि गरेका छन् । भन्दै सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक गर्न चुनौती दिएको छ । दुई दलबीच भएको भनिएको सम्झौता अपारदर्शी र अनैतिक रहेको बताए ।
सांसद सापकोटाले भने, ‘संसदको पहिलो र दोस्रो दलबीच एउटा व्यक्तिको घरमा के सम्झौता भयो । दिनभरी प्रधानमन्त्रीसँग बसेर स्वर्ग गए पनि नर्क गए पनि सँगै जाउँला भन्ने अर्कोतिर आफ्नो नेतालाई ललितपुरमा सम्झौताको मस्यौदा गर्न लगाउने रु मध्यरातमा अमूक व्यक्तिको घरमा के सम्झौता भयो रु सार्वजनिक गर्न किन सकिनरहनु भएको छैन । यतिका दिनसम्म गुपचुप राख्नुपर्ने भय के हो रु यदि हिम्मत छ भने औपचारिक हस्ताक्षर गरेर सम्झौता सार्वजनिक गर्नुस् ।’



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा