काठमाडौं : नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस एमालेसहितको राष्ट्रिय सरकार संवधिानको ७६ (२) अनुसार नै बन्ने बताएका छन् ।
संसदीय दलको बैठकपछि अझै पनि षड्यन्त्र गरेर मुलुकलाई अस्थिरतातर्फ लैजान सकिन्न कि भनेर अनेक भ्रम छर्न खोजिएको उनको भनाई छ।सर्वोच्च अदालतका नजिर, व्यवहारिक, राजनीतिक सबै कारणले ७६ (२) अनुसार नै सरकार गठन हुने उनको दाबी छ।
उनले भने, ‘कांग्रेस र एमाले मिलेर राष्ट्रिय सरकार बनाएर अघि बढ्ने भनिसकेपछि त्यही हो मुख्य आधार । गण्डकी कोशीमा पनि यही धाराबाट सरकार बनेको छ । संविधानलाई भ्रमणपूर्ण ढंगबाट व्याख्या गर्न खोजिँदैछ । ७६ (३) बमोजिम भन्दै गर्दा कांग्रेस ठूलो दल छ भन्ने हिसाबले व्याख्या गर्न सकिन्छ । तर, कांग्रेस स्वयंले एमालेसँग समझदारी बनाइसकेको अवस्थामा सहमतिअनुसार नै कार्यान्वयन हुन्छ ।’



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा