काठमाडौं : नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस एमालेसहितको राष्ट्रिय सरकार संवधिानको ७६ (२) अनुसार नै बन्ने बताएका छन् ।
संसदीय दलको बैठकपछि अझै पनि षड्यन्त्र गरेर मुलुकलाई अस्थिरतातर्फ लैजान सकिन्न कि भनेर अनेक भ्रम छर्न खोजिएको उनको भनाई छ।सर्वोच्च अदालतका नजिर, व्यवहारिक, राजनीतिक सबै कारणले ७६ (२) अनुसार नै सरकार गठन हुने उनको दाबी छ।
उनले भने, ‘कांग्रेस र एमाले मिलेर राष्ट्रिय सरकार बनाएर अघि बढ्ने भनिसकेपछि त्यही हो मुख्य आधार । गण्डकी कोशीमा पनि यही धाराबाट सरकार बनेको छ । संविधानलाई भ्रमणपूर्ण ढंगबाट व्याख्या गर्न खोजिँदैछ । ७६ (३) बमोजिम भन्दै गर्दा कांग्रेस ठूलो दल छ भन्ने हिसाबले व्याख्या गर्न सकिन्छ । तर, कांग्रेस स्वयंले एमालेसँग समझदारी बनाइसकेको अवस्थामा सहमतिअनुसार नै कार्यान्वयन हुन्छ ।’



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै