काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरक्षार्थ खटिएका सुरक्षा प्रमुख सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ ।
आज बिहान ५ बजे भक्तपुरको गुन्डुस्थित आफ्नै निवासमा सुतिरहेकै ठाउँमा हृदयघात भएपछि अस्पताल लगिएको थियो ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले दिएको जनाकारी अनुसार भक्तपुर अस्पताल पुयाइएलगतै चिकित्सकले मृत घोषणा गरेको हो । ४३ वर्षीय इन्स्पेक्टर थापाको हृदयघातको कारण मृत्यु भएको हुन सक्ने बताइएको छ।
‘अस्पतालले हृदयघातको कारण मृत्यु भएको भनेको छ । पोस्टमार्टम रिपोट नआइ थप भन्न सकिन्न । ‘उनले भने ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै