मिन बहादुर खड्का काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न खोज्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले नै अवरोध गरेको आरोप लगाएकी छन् । उनले बिहिबार सामाजि सञ्जालमा एक स्टार्टस लेख्दै ओलीले नै राजनिति दलमा आबद्ध शिक्षकलाई कारबार्ही गरौँ भन्दा नमानेको जिकिर गरेकी हुन्। बिहिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकहरूमा विद्यार्थीले बुझ्ने गरी ज्ञान प्रदान गर्ने सीप नहुँदा एसईईको नतिजा खस्किएको बताएका थिए।
एमालेको भातृ संगठन अनेरास्वीयु रुपन्देहीले एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयको सम्मानमा बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षकले बुझ्ने गरी नपढाएकै कारण धेरै विद्यार्थीले फेल भएको टिप्पणी गरेका थिए । ओलीको अभिव्यक्तिलाई लक्षित गर्दै मन्त्री श्रोष्ठले राजनितीमा आवद्ध शिक्षकलाई करबाही गरौँ भनेर फायल अगाडी बढाँउदा सरकार नै परिवर्तन खोज्ने भन्दै टिप्पणी गरेकी छीन् ।
उनले राजनितीमा आबद्ध शिक्षकहरुले कसरी राम्रो पढाउन्छन् तपाइकै पार्टीको सिद्धान्त पढाएका हुन् की ? भनेर प्रश्न पनि गरेकी छीन्। । मन्त्री श्रेष्ठले लेखेकी छीन् । आदरणीय केपि बा शिक्षकले राम्रो नपढाँउदा एसईईको को नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिनुभएछ। अनि राजनितिमा लागेका शिक्षकलाई कारवाही गर्छु भनेर मैले फाइल अगाडि बढाँउदा सरकारनै परिवर्तन गर्न खोज्ने। तपाइँको शिक्षकले तपाइँकै पार्टीको सिद्धान्त पढाए मात्र हो अब। समाजमा विवेकशील चेतना दिने शिक्षा दिनुपर्ने र त्यसका लागि प्रतिवेदन सार्वजनिक गरी परिमार्जनसहितकार्यान्वयनमा शिक्षामन्त्रीले जोड दिदै आएकी छन्।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै