मिन बहादुर खड्का काठमाडौं : युएईबाट एक नेपाली युवक १० दिन देखी बेपत्ता भएका छन् । दैलेखको दुल्लु स्थायी घर भएका ३५ वर्षीय बिश्वबन्धु जैशी युएईको धाबीबाट बेपत्ता भएका हुन् । बेपत्ता जैशीका २ छोरी रहेको परिवारि श्रोतले जनाएको छ । पारिवारिक श्रोतले दिएको जानकारी अनुसार बेपत्ता रहेका जैशीले काम गर्ने कम्पनि घर परिवार लाई जानकारी नभएको बताइएको छ ।
उनले त्यहाँ विगत ६ महिना देखी चाइनिजकोमा कुकको काम गर्दै आएका थिए। काम गर्ने क्रम मा चाइनिज हरु SCAMMER धन्दा चलाइरहेको छन् भन्ने थाहा पाए पश्चात कम्पनि छोड्छु भनि घर परिवार लाई खबर गरेका थिए । कम्पनी छोडेर घर आउँन्छु भनेर जानकारी गराएको ३/४ दिनपछी उनी सम्पर्क बिहिन भएको बुझिएको छ । सबै ठाउँ खबर गर्दा पनि काहिँ कतै सम्पर्कमा नआएको आफन्त दुर्योधन रेग्मीले जानकारी दिएका छन् । यदि कोही कसैले भेटाएमा ९८५११४२४७८ मा सम्पर्क गरी खोजी कार्यमा सहयोग गरिदिन आफन्तले अपिल गरेका छन् । अहिले उनको खोजीका लागि पहल भैरहेको छ ।

अधिकांस नेपाली युवाहरु रोजगारीका लागि बिदेश जाने गरेका छन् ।रोजगारीको सिलसिलामा बिदेश गएका अधिकांसको बिदेशमै विभिन्न कारणले मृत्यु हुने र कयौं उतै बेपत्ता हुने गरेको काहालीलाग्दो अवस्था छ । खेतीपाती गरेर ६ महिना पनि परिवारको छाक तार्न नपुग्ने भएपछि भारत लगायतका बिदेशी मुलुकमा ज्याला मजदुरी गेरेर परिवारको दिन गुजारा चाउनुपर्ने बाध्यता छ।
कयौं बेपत्ता कयौं अङ्गभङ्ग, कयौंको मृत्यु भएका घटनाहरु समय समयमा सार्वजनिक हुँदै आएका भएपनि बिदेशीने क्रम भने बढ्दो छ। दैनिक ३/४ जनाको सव वाकसमा नेपाल आइपुग्छ । त्रिभुवन विमानस्थलमा प्रदेशीने युवाहरुको संख्या बढ्दो छ ।
सिमा नाकामा होस् वा अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा होस् बिदेशीने नेपालीको ताती छ । कयौंको मृत्यु भएर नेपालीहरु बाकसमा लास बनेर फर्किन्छन् । वर्षेनी ५ लाख बढी युवा बिदेशीने गरेका छन् भने १ हजार बढी युवाहरु लास बनेर नेपाल बाकसमा फर्किरहेका छन् ।
तर राज्यलाई यो काहालीलाग्दो अवस्था प्रति कुनै चिन्ता र चाँसो छैन । देश चलाईरहेकाहरु केबल सत्ता शक्ति र कुर्सीको तछाड मछाड्मा व्यस्त छन् । उनीहरुलाई युवाहरु प्रती कुनै चिन्ता र चाँसो छैन। बिदेशीने क्रम रोक्न राज्यले कुनै ठोस योजना बनाउन सकेको छैन ।



सम्वन्धित समाचार
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो
राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्री कार्कीले चलचित्र विधेयक पेस गर्ने