काठमाडौं : सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई निलम्बन गरेर छानबिन गर्नुपर्ने मागसहित दायर रिटको अन्तिम सुनुवाइका लागि भइरहेको बहस सकिएको छ ।
सर्वोच्च अदालतले आजै फैसला सुनाउने तयारी गरेको स्रोतले बतायो । अधिवक्ता अनुपम भट्टराईले जेठ १४ गते रिट दायर गरेका थिए । हेर्दाहेर्दैमा रहेको सुनुवाईमा बिहीबार जवाफी बहस सकिएको हो ।
सपना मल्ल प्रधान र शारङ्गा सुवेदीको संयुक्त इजलासमा असार ७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो । पहिलो दिन बहस नसकिएपछि असार १८ गतेलाई हेर्दाहेर्दैमा राखिएको थियो । असार १८ गते पनि नसकिएपछि बुधबारलाई हेर्दाहेर्दैमा राखिएको थियो । तर, स्थगितमा परेपछि बिहीबार सुनुवाइले निरन्तरता पाएको हो ।



सम्वन्धित समाचार
चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै
नेकपा एमालेको सचिवालय बैठक बस्दै: विधान संशोधन प्रस्ताव लैजाने तयारी
सेनामा प्राविधिकसहित ३८८ जनाका लागि भर्ना खुल्यो
जेन-जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमति
सिंहदरबारका क्षतिग्रस्त संरचना चाडै पुराहुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास
लेक्स नेपालद्वारा नवाेदित कानुन व्यवसायी सम्मानित, ‘सिक्ने–सिकाउने’ संस्कृतिको साझा केन्द्र बन्दै संस्था