काठमाडौं : सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई निलम्बन गरेर छानबिन गर्नुपर्ने मागसहित दायर रिटको अन्तिम सुनुवाइका लागि भइरहेको बहस सकिएको छ ।
सर्वोच्च अदालतले आजै फैसला सुनाउने तयारी गरेको स्रोतले बतायो । अधिवक्ता अनुपम भट्टराईले जेठ १४ गते रिट दायर गरेका थिए । हेर्दाहेर्दैमा रहेको सुनुवाईमा बिहीबार जवाफी बहस सकिएको हो ।
सपना मल्ल प्रधान र शारङ्गा सुवेदीको संयुक्त इजलासमा असार ७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो । पहिलो दिन बहस नसकिएपछि असार १८ गतेलाई हेर्दाहेर्दैमा राखिएको थियो । असार १८ गते पनि नसकिएपछि बुधबारलाई हेर्दाहेर्दैमा राखिएको थियो । तर, स्थगितमा परेपछि बिहीबार सुनुवाइले निरन्तरता पाएको हो ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप